कानाजावा कप करातेमा एसकेआईएफ टिम च्याम्पियन

आयोजक नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जितेर टीम च्याम्पियन बनेको हो । सातदोबाटोस्थित अन्तर्राट्रिय खेलकुद परिसरमा अवस्थित कराते हलमा भएको प्रतियोगिता नेपालकै अन्तर्राष्ट्रिय मार्सल एसोसिएसन (आईएमए) ५ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ दोश्रो भयो…