शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार (२२ पुस) भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । बराबरी खेलसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । जारी लिगमा पाँच खेल पूरा गरेको…