प्याब्सन मध्यक्षेत्रीय बास्केटबलमा ५३ टिम

प्याब्सन मध्य क्षेत्रीय समिति (काठमाडौं)को आयोजनामा १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता भदौ १३ गते शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा समितिमा आबद्ध विभिन्न २५ विद्यालयका ५३ टिमको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गगनसिं ऐरले जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा १६ र जुनियर ब्वाइजमा १३ टिमले लिग कम नकआउट आधारमा…