एएफसी महिला एसियन कप छनोट प्रतियोगिता : नेपाल र श्रीलङ्का भिड्ने

एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज (१८ असार) नेपाल र श्रीलङ्काबीच प्रतिष्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ । श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय ब्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन…