कोशी प्रदेशस्तरीय बास्केटबलको उपाधि सुनसरीलाई

कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । धरान बास्केटबल सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा सुनसरीले इलामलाई ८०–७३ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । सुनसरीले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा क्रमशः ११, १६, ३१ र २२ अङ्क जोड्दै कुल ८० अङ्क…