धादिङको गजुरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार (२ पुस) देखि सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गाउँपालिकाले स्थानीय तहस्तरीय अन्तर विद्यालयको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सांसद माननीय शालिकराम जमकटेलले…