राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना


राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाए पनि छोरा राजीव घिमिरेका अनुसार उनको आन्तरिक रक्तश्राव रोकिएको छैन ।
पछिल्ला केही महिनादेखि अस्वस्थ रहेका घिमिरेलाई बेलाबेला अस्पताल भर्ना गर्ने गरिएको थियो । पछिल्लोपटक उनी ७–८ दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

हाईकेयर वार्डमा उपचार भइरहेको उनको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिनु साथै आन्तरिक रक्तश्राव भइरहेको जनाइएको छ।
अझै आन्तरिक रत्तश्राव नरोकिएक कारण उनलाई केही पिन्ट रगत पनि दिइएको छ ।

चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् । तर, नेपालमा विज्ञको अभाव भएकाले भारतबाट बोलाउन अस्पतालले समन्वय गरिरहेको छ ।

सो सेवा नेपालमा सम्भव नभए भारतमा लगेर उपचार गर्नुपर्ने राष्ट्रकविका कान्छो छोरा राजीवले बताए ।