पण्डित श्रीनिवास १२ जेठसम्म हिरासतमा

पण्डित श्रीनिवास १२ जेठसम्म हिरासतमा


आफ्ना अंगरक्षकलाई गोली हान्न लगाएर धार्मिक सद्भाव भड्काउन खोेजेको आरोपमा पक्राउ परेका २६ वर्षीय पण्डित श्रीनिवास आचार्य १२ जेठसम्म हिरासतमा रहने भएका छन् । आर्चायलाई १२ जेठसम्म हिरासतमा राख्नका लागि राखेर अनुसन्धान गर्न पाउने गरी जिल्ला प्रशासन मोरङले प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएपछि २५ वैशाखमा हातहतियार तथा खरखजाना मुद्दामा पहिलोपटक जिल्ला प्रशासन मोरङमा दश दिनको म्याद थप गराएको थियो । दोस्रो पटक ३ जेठदेखि लागू हुने गरी १२ जेठसम्मको म्याद थप गराएको हो ।

हातहतियार खरखजाना ऐन २०१९ अनुसार कसुर ठहर भएमा उनलाई एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्नेछ ।
पक्राउ परेपछि आचार्यले आफू गम्भीर बिरामी भएको बताएपछि प्रहरीले उनलाई कोशी अञ्चल अस्पताल भर्ना गराएको छ । अस्पतलामा रहेका उनलाई कडा सुरक्षा र निगरानीमा राखिएको छ ।