अटो ट्याम्पु अनियन्त्रित हुँदा दुर्घटना, एकको मृत्यु

अटो ट्याम्पु अनियन्त्रित हुँदा दुर्घटना, एकको मृत्यु


मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

तीव्रगतिमा रहेको को १ ह ८६८१ नंको अटो ट्याम्पु आफैं अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली गाउँपालिका–६ का ७० वर्षीय वृद्ध हर्कबहादुर बोहराको मृत्यु भएको हो । राससका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मृतककी श्रीमती ५८ वर्षीया कमला बोहरा घाइते भएकाले उहाँको अरनिको हस्पिटलमै उपचार भइरहेको छ । यस्तै घाइते मिक्लाजुुङ–९ की २२ वर्षीया पुर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षीया सुभद्रा कार्कीको साझा हस्पिटल, मधुमल्लामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईले जानकारी दिए । ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।