सगरमाथामा दुई आरोहीको मृत्यु

सगरमाथामा दुई आरोहीको मृत्यु


सगरमाथा चढ्ने क्रममा दुई आरोहीको मृत्यु भएको छ । सगरमाथा आधार शिविरमा एकजनाको लेक लागेर र अर्का एकजनाको चिप्लिएर लड्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु नगरपालिका–५ स्थित ३ नम्बर आधारशिविरमा पुगेपछि लेक लाग्दा मेसिडोनियाली नागरिक जिजौरुगी पेटकोभको र शिविरबाट फर्कने क्रममा चिप्लिएर लड्दा जापानी आरोकी नोबुकाजु कुरिकीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
दुवैको शव काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।