सुनसरीका जिशिअ घुससहित पक्राउ

सुनसरीका जिशिअ घुससहित पक्राउ


सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदी इनरुवाबाट पक्राउ परेका छन् ।

जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा ५० हजार रुपैयाँ घुस रकम लिँदालिँदै उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए।

राससका अनुसार आवश्यक सोधपुछ एवम् थप अनुसन्धानका लागि सुवेदीलाई इटहरीस्थित आयोगको कार्यालयमा ल्याउने तयारी भइरहेको छ।