सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण

सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण


सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा सोही वडा कार्यालयको सहयोगमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देवी सरदार, वडा नम्वर ६ का वडाअध्यक्ष गोविन्द सिंह थापा मगर, पत्रकार वृजमान तामाङ, वडा नम्वर ६ का वडासदस्य वेचन साह, वडासचिव गिरधर मेहता, रामप्रमेश मण्डल लगायतले मन्तब्य व्यक्त गर्दै वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित देश र आफूले काम गर्ने कम्पनी एवम् कामबारे यथासक्य धेरै बुझेर जानुपर्ने सुझाव दिए ।

अभिमुखीकरण कार्यक्रममा रुपनी गाउँपालिकाअन्तर्गतका वैदेशिक रोजगारीमा जान इच्छुक तथा गएर फर्किएका परिवारका ५० सदस्यको सहभागिता रहेको थियो ।