क्रान्तिको समाचार रेडियोमा सुनियो

क्रान्तिको समाचार रेडियोमा सुनियो


नयाँ र अचम्मका अनुभूतिहरू सँगाल्दै साँझ अबेर गरी हामी गेस्टहाउसमा फक्र्यौं । त्यस साँझ भारतीय रेडियोमा राणाशासनविरोधी समाचार सुन्यौँ । तर हामीले त्यसलाई खास महत्व दिएनौँ ।

३० अक्टोबर, १८५० का दिन श्री ३ महाराज मोहनशमशेरसित हाम्रो पहिलो साक्षात्कार भयो । हिन्दुस्तानी अखबारहरू पढेर तथा रेडियोमा समाचार सुनेर हामीले निर्दयी र बर्बर स्वभावका तानाशाहको कल्पना गरेका थियौँ । तर, त्यस्तो नपाउँदा हामीलाई आश्चर्य लाग्यो । हामीलाई त मोहनशमशेर आधुनिक जमानाअनुसार चल्न नसक्ने, पुरानो युगका एकजना नरम प्रकृतिका शासकजस्ता लाग्यो ।

महाराजले उनका कान्छा छोरा जनरल विजयशमशेरसँग हाम्रो परिचय गराए । उनी परराष्ट्र मामिला हेर्ने सचिवका साथै विकास बोर्डका अध्यक्ष पनि थिए । हाम्रो नेपाल भ्रमणको सारा बन्दोबस्त सन् १९४९ देखि नै उनैले गर्दै आएका थिए । जनरल विजयशमशेरले हामीलाई डेभलपमेन्ट बोर्डका मुख्य सचिव सरदार भीमबहादुर पाण्डेसँग चिनापर्ची गराइदिए । त्यसउप्रान्त उनीसितै हाम्रो कारोबार हुन थाल्यो । जनरल विजयसँग मुख्यतः आधिकारिक कामका लागि मात्र हामीले सम्पर्क राख्नुपथ्र्यो ।

एक साँझ सहर घुमेर गेस्टहाउस फर्किएपछि हामीले अल इन्डिया रेडियो सुन्यौँ । नेपालमा क्रान्ति भएको, सारा देश ज्यादै विस्फोटक स्थितिमा रहेको र विद्रोहीहरू तीनतिरबाट काठमाडौं आउँदै गरेको समाचार रेडियोले दियो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली काङ्ग्रेस पार्टीले एक महिनाअघिदेखि शुरु गरेको आन्दोलनको सन्दर्भमा त्यो समाचार दिइएको थियो ।

हामी चारजना स्वीस नागरिक नेपालको राजनीतिमा हिन्दुस्तानको खुला हस्तक्षेपको प्रत्यक्षदर्शी भएका हुनाले उनको दृष्टिमा हामी अवाञ्छित ठहरिएका थियौँ । त्यसको केही दिनपछि ६ नोभेम्बर १९५० मा राजा त्रिभुवनले भारतीय दूतावासमा राजनीतिक शरण लिए । सबै कुरा पर्दापछाडिबाट भारतीय राजदूतले सञ्चालन गरिरहेका थिए । नेपालको मामिलामा भारतीय हस्तक्षेप एकदम नाङ्गो किसिमको थियो ।

भोलिपल्ट हामीले सहरमा सामान्य वातावरण पायौँ । मानिसहरू सधैँझैँ आ–आफ्नै काममा लागेका थिए । त्यही दिन जनरल विजयसँग हाम्रो कुराकानी भयो । निःसन्देह, उनी केही चिन्तित देखिन्थे । यताउतिका कुरापछि अन्त्यमा जनरल विजय आफैँले हामी सबैको घाँटीमा अड्किएको कुरा निकाले । मुलुकमा उत्पन्न नयाँ परिस्थितिलाई दृष्टिगत गरी स्वीस–नेपाल फर्वार्ड टिम नेपाल छाड्न चाहन्छ भने उनको कुनै आपत्ति नभएको उनले हामीलाई बताए । त्यसपछि हामीले हामी नेपालको विकासका लागि काम गर्न आएको तटस्थ टोली भएको र हाम्रो कार्यमा कुनै किसिमका बिघ्नबाधाहरू नआऊन् भन्ने हाम्रो चाहना रहेको उनलाई बतायौँ ।

त्यसको भोलिपल्ट भारतीय राजदूत सीपीएन सिंहबाट हामीलाई आएको चियाको निम्ता भण्डारीजीले दिए । अर्को दिन राजदूतको भव्य निवासमा पस्दा हामी केही उत्तेजित अवस्थामा थियौँ । नभन्दै, हाम्रो वार्ताको विषय पनि अप्रिय थियो । हामीहरू नेपाल आउनुको उद्देश्य र सरकारसँग हाम्रो सम्बन्धबारे बुझ्ने मनसाय राजदूतको रहेछ । वार्ताको क्रममा राजदूत बारम्बार ‘नेपालमा अहिले क्रान्ति भइरहेछ’ भन्ने दोहो¥याइरहन्थे । हाम्रो जवाफ पनि उनको जस्तै एकोहोरो खालको थियो । हामीचाहिँ क्रान्ति कहाँ भइरहेछ देखाइदिनुपऱ्यो भन्थ्यौँ ।

हामीहरू दिनदिनै र हरेक साँझ सहर डुल्थ्यौँ, तर क्रान्तिको एउटा चिनो पनि हामीले देखेका थिएनौँ । हामी चारजना स्वीस नागरिक नेपालको राजनीतिमा हिन्दुस्तानको खुला हस्तक्षेपको प्रत्यक्षदर्शी भएका हुनाले उनको दृष्टिमा हामी अवाञ्छित ठहरिएका थियौँ । त्यसको केही दिनपछि ६ नोभेम्बर १९५० मा राजा त्रिभुवनले भारतीय दूतावासमा राजनीतिक शरण लिए । सबै कुरा पर्दापछाडिबाट भारतीय राजदूतले सञ्चालन गरिरहेका थिए । नेपालको मामिलामा भारतीय हस्तक्षेप एकदम नाङ्गो किसिमको थियो । त्यसो हुँदा हाम्रो हिँडडुलमाथि पनि रोक लाग्छ कि भन्ने हामीलाई डर भयो ।

उता, महाराजको आफ्नै स्थिति नाजुक थियो र उनका चिन्ताका अनेक विषयहरू थिए । तैपनि हाम्रो टोली र हाम्रो कामप्रति महाराजको ध्यान पुगिराखेको थियो । अस्थिर वातावरण हुँदाहुँदै पनि हाम्रो टोलीले काम छाडेर जाने मनसाय नदेखाएकोमा महाराज खुसी थिए । यसरी यथासमय हाम्रो काम शुरु भयो र १८ फेब्रुअरी १९५१ मा राणाशासनको अन्त्य भए पनि तोकिएको ६ महिना अवधिसम्म सुचारु रह्यो ।

(टोनी हेगन, नेपालको चिनारी)