दूध बोक्ने ट्याङ्कर विहानै त्रिशूलीमा

दूध बोक्ने ट्याङ्कर विहानै त्रिशूलीमा


त्रिशुली नदीमा खसेको ट्रक निकालिनसक्दै नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खसेको छ । ट्याङ्कर दुर्घटनामा एकजना घाइते भएका छन् । हिजो भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना. ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो ।

घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जनाइएको छ । प्रहरीका अनुसार घाइते सिलवालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्याङ्कर निकाल्ने कार्य जारी रहेको छ ।