‘आई लभ सेक्स’ : सुमीना घिमिरे

‘आई लभ सेक्स’ : सुमीना घिमिरे


funtimeसुमिना घिमिरे, हेर्नमा जति सुन्दर छिन् विवादले पनि उनलाई त्यत्तिकै पछ्याउन थालेको छ । कहिले मिडियाकर्मीसँगको विवाद त कहिले आफैंले अभिनय गरेको फिल्मका निर्मातासँग भनाभन । यस्तै–यस्तै सकारात्मकभन्दा नकारात्मक व्यवहारका कारण ‘मनोरञ्जन बजार’मा छाइरहने सुमिनासँग भएको रोचक कुराकानी प्रस्तुत
गरिएको छ ।
० सुमिना नामभन्दा बदनाम बढी छिन् भन्छन्
नि ?
– मलाई त्यस्तो लाग्दैन ।
० बजारमा किन यस्तो कुरा त ?
– म घरमा सुतेर बसेकी भए न त मेरो नाम हुन्थ्यो न त बदनाम नै, काम गर्दै जाँदा कहिले नामैनाम अनि कतै सानो मिस्टेक भयो भने बदनाम ।
० नकारात्मक कुराचाहिँ बढी किन ?
– हाम्रो समाज र सोच यस्तै छ । राम्रो कुरा होइन, नराम्रो कुरा कोट्याउने अनि चासो पनि त्यस्तै कुरामा बढी । मेरो राम्रो कामको तारिफ मैले कम नै सुन्ने गरेकी छु ।
० चलचित्र लभ फरेभरमा त गजव संवाद
बोलिएछ नि ?
– कस्तो संवाद … ?
० आई लभ सेक्स ?
– यो संवादले पनि बजारमा निकै खैलाबैला मच्चायो ।
० यस्तो खैलाबैला मच्चाउने संवाद बोल्ने त ?
– यो संवाद मात्र सुन्दा त्यस्तो लागेको हो । तर, पछि सिनेमा हेरेपछि थाहा हुन्छ कि संवाद कस्तो ठाउँमा बोलिएछ भनेर । फिल्म नै नहेरीकन संवादको भरमा कमेन्ट गर्ने गजवको शैली छ यहाँ ।
० उसो भए यू लभ सेक्स ?
– अवश्य । यसलाई सबैले माया गर्छन् जस्तो लाग्छ । सिनेमाभित्र पनि म एउटा पात्र हुँ । अनि कथाको मर्म नमर्ने गरी मैले यो संवाद बोलेकी छु ‘आई लभ सेक्स’ ।
० वास्तविक जीवनमा नि ?
– सिनेमालाई वास्तविक जीवनसँग नजोडौँ । जे–जहाँ छ त्यही छोडौँ ।

नि:स्वार्थ काम गर्दा नानाभाँती कुरा
विपिन कर्माचार्य नेपाली गीत/सङ्गीतका गजबका प्रशंसक हुन् । कसैमा गीत गाउने क्षमता छ, मोडलिङ गर्ने क्षमता छ वा क्षमता भएर पनि अवसर पाइरहेको छैन भने यस्ता स्रष्टाका लागि आफूले भ्याएसम्म सहयोग गर्न तयार हुन्छन् विपिन ।
विपिन आफूसँग पैसा भएर यसो गरेको होइन भन्छन् । ‘पैसा त मसँग भन्दा अरूसँग बढी होला र पैसा खर्च गर्न को तयार हुन्छ र ? धन होइन पहिला मन हुनुपर्‍यो । मन भएपछि धन जुटाउन सकिन्छ,’ उनको स्पष्ट जवाफ छ ।
गीत रेकर्डिङदेखि लिएर म्युजिक भिडियो निर्माण र प्रदर्शनसम्मको यात्रालाई साथ दिने कर्माचार्यले यो बीचमा बिनास्वार्थ करिब आधा दर्जन म्युजिक भिडियो निर्माण गरिसकेका छन् । उनले बनाएको भिडियोले बजारमा चर्चा पनि रामै्र कमाएका छन् । चलेका र महँगा मानिने नायक आर्यन सिग्देल, जीवन लुइँटेललगायत नीरज बरालजस्ता नायकलाई म्युजिक भिडियोमा समेट्नु भनेको कम कुरा होइन । तर, उनले यो कुरालाई सहज रूपले पूरा गरेका छन् । आलोक नेम्वाङजस्ता सफल म्युजिक भिडियोका निर्देशकलाई भिडियोको जिम्मेवारी दिए उनले ।
अब नेपाली सिनेमा र भिडियोले पनि अन्तर्राष्ट्रियस्तरमा छायाङ्कन गर्ने आँट गर्नुपर्छ भन्ने सोचेर विपिन कर्मचार्यले केही भिडियोको छायाङ्कन भारतको राजस्थानमा पनि गरे । यसरी बिनास्वार्थ यो क्षेत्रमा लागिपरेका कर्माचार्य केहीले आफूलाई गलत सल्लाह दिएको र गलत फाइदा उठाउन खोजेकोमा भने चिन्ता व्यक्त गर्छन् । ‘तर, त्यस्ता फटाहाको दिन धेरै टिक्दैन । एक दिन सत्यता बाहिर आएपछि आफैँ नाङ्गिन्छन्,’ उनलाई विश्वास छ । अब उनी क्रमश: नेपाली चलचित्र निर्माणतर्फ पनि सक्रिय हुने भएका छन् ।

मन्त्रालयले भन्यो
‘महोत्सवको खर्च र बदनामीबारे जवाफ देऊ’
नेपाली सिनेमाको विकास र विस्तारका लागि गठित चलचित्र विकास बोर्डमा यसबीचमा करिब एक दर्जन अध्यक्ष आएर गइसके । तर, यो भीडमा बढी बदनाम, आलोचित र विवादमा भने वर्तमान अध्यक्ष धर्मेन्द्र मरवैता नै भए । सिनेमा र सिनेकर्मीसम्बन्धी थोरै ग्रामर पनि नबुझेका धर्मेन्द्र विवादमा मात्र परेनन् कि उनको कारण चलचित्र विकास बोर्ड यति बदनाम बन्न पुग्यो कि यो बोर्ड सम्हाल्ने सञ्चार मन्त्रालयले मरवैतासँग स्पष्टीकरणसमेत माग्नुपर्‍यो ।
हालै धरानमा गरिएको चलचित्र महोत्सव अत्यधिक रूपमा विवादमा आएपछि सञ्चार मन्त्रालयले चासो दिएको हो । महोत्सवमा गएका र नगएका सबै कलाकर्मीबाट विरोधको एकै स्वर आएपछि मन्त्रालयले गतसाता धर्मेन्द्र मरवैतालाई मन्त्रालय नै बोलाएर स्पष्टीकरण मागेको हो । महोत्सव विवादमा पर्नु, आर्थिक चलखेल हुनु र कलाकर्मीबाट असन्तोषका आवाज आउनुको कारणबारे मन्त्रालयले बोर्डसँग लिखित स्पष्टीकरण मागेको छ ।
यसैबीच महोत्सव र अध्यक्ष चलचित्र क्षेत्रबाटै विवाद र आलोचित भएपछि बोर्डका सल्लाहकार तथा पूर्वसदस्य केपी पाठकले सल्लाहकारको पदबाट राजीनामा दिएका छन् भने राष्ट्रपतिबाट अवार्ड दिलाउँला भनेर केही कलाकर्मीलाई ललिपप खुवाएका धर्मेन्द्रको यो योजना पनि तुहिने भएको छ । चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न सङ्घसंस्थाले राष्ट्रपतिसमक्ष विवादास्पद बोर्डले आयोजना गरेको कार्यक्रममा सरिक नहुन आग्रह गरेका छन् भने द्वन्द्व कलाकार सङ्घले त राष्ट्रपतिसमक्ष आग्रहसहितको पत्र नै पठाइसकेको छ । अन्य संस्थाहरूले पनि यसै साता राष्ट्रपतिसमक्ष पत्र बुझाउने भएका छन् । चलचित्र विकास बोर्डकै इतिहासमा मन्त्रालयले स्पष्टीकरण सोध्नुपर्ने अवस्था आएको यो नै पहिलो घटना हो ।