सेक्स इज नथिङ-रिया श्रेष्ठ

सेक्स इज नथिङ-रिया श्रेष्ठ


funtimeबाँकेकी रिया श्रेष्ठ विगत १५ वर्षदेखि काठमाडौंमा छिन् । कलेजको अध्ययनको क्रममा काठमाडौं आएकी उनी मोडलिङ र चलचित्र क्षेत्र दुवै विधामा यतिबेला सक्रिय
छिन् । विशेष गरेर सिनेमाको पर्दामा नायिका भएर देखापर्ने उनको तीव्र इच्छा क्रमश: पूरा हुँदै छ । यसै क्रममा अभिमन्यू, राजु राजा राम र मालतीको भट्टी नामक सिनेमामा सानोतिनो भूमिकामा देखापरेकी रियालाई अब चाँडै नायिकाको रूपमा भने बोस, तृष्णा, त्रास र जञ्जिरमा देख्न पाइनेछ ।
० सिनेमाको हिरोइन बन्ने रहरचाहिँ किन आयो नि ?
– रहर मात्र होइन । यो क्षेत्रमा मनैदेखि लागेर केही गर्छु भन्ने इच्छा छ ।
० धेरै प्रतिस्पर्धा छ नि त । जम्न सकिएला ?
– म प्रतिस्पर्धादेखि डराउँदिनँ प्रतिस्पर्धा भए पो खारिन्छ ।
० अनि हिरोइन बन्न त निर्मातालाई खुसी पार्न सक्नुपर्छ भन्छन् नि ?
– अरूको बारेमा मलाई थाहा भएन । मैले अहिलेसम्म अभिनय गरेका फिल्ममा यस्तो अनुभव संगाल्नुपरेको छैन ।
० साँच्चै हो कि ढाँटेको… ?
– किन ढाँट्नु । सम्झौता गरेर सिनेमाकी हिरोइन बन्नु छैन मलाई ।
० आफू तरुनी भएको महसुस कुन उमेरमा भयो ?
– त्यस्तै २१–२२ वर्षको उमेरमा ।
० त्यो उमेरमा के हुँदोरहेछ नि ?
– कुनै राम्रो पुरुष देख्नासाथ मनमा बेग्लै तरङ्ग पैदा हुँदोरहेछ अनि उसैको बारेमा सोचिँदोरहेछ ।
० कुनै पुरुषसँग पे्रम ?
– पुरुषसँगको पे्रममाथि मलाई विश्वास लाग्दैन । किनकि मैले ठूलो चोट पाएकी छु ।
० आँखा लगाउने पुरुषहरू कत्तिका छन् ?
– मलाई आँखा लगाउने पुरुषहरू धेरै छन्, तर मैले आँखा लगाउने पुरुष भने अहिलेसम्म भेट्टाएकी छैन ।
० सेक्स के हो ?
– सेक्स इज नोथिङ । तर त्यसलाई कुन रूपमा प्रयोग गर्ने हो त्यसमा भर पर्छ ।
० सेक्सको अनुभव ?
– जवाफ छैन यसको ? यो नितान्त व्यक्तिगत
कुरा हो ।

जुवाको खालमा समातिएपछि बरालको गर्जन
‘म नेपाली होइन’
ठूला–ठूला आवाजमा राष्ट्रिय गीत गाएर मात्र हुँदैन, मनभित्र पनि राष्ट्रिय भावना र देशपे्रम भयो भने त्यो गीत अनि गीत गाउने गायक तथा गायिकाको आवाजले झनै मूर्तरूप पाउन सक्छ । डुबेर राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउने तर मौका मिल्यो र अवसर पाइयो भने त्यही गीतको खिल्ली उडाउनेजस्ता प्रवृत्ति सर्जकमा देखियो भने त्यस्ता गीत अनि गायकको औचित्य के ? यो त सरासर मुलुकको भाषा र संस्कृतिप्रति नै धज्जी उडाएको भएन र ? फाइदा हुञ्जेल र पाउञ्जेल आफ्नो मुलुकबाट भारीका भारी फाइदा उठाउने अनि अप्ठ्यारो पर्ने अवस्था आयो भने मुलुकको नाम नै बिर्सन र आफूलाई त्यो मुलुकको नागरिक होइन भन्न पनि पछि नहट्ने व्यक्तिलाई त सबैले गद्दार नै भन्लान् भन्दा फरक नपर्ला । यस्तै प्रवृत्ति देखाए गत हप्ता गायक यम बरालले ।
नेपाली कलाकार भएर अमेरिकामा रहेका नेपालीमाझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न उनी नेपाली पासपोर्ट प्रयोग गरेर अमेरिका छिरे । कार्यक्रम प्रस्तुत गर्न गएका बरालले उतै काम गर्दै ग्रिनकार्ड एप्लाई पनि गरे र त्यो कार्ड पाए पनि उनले । आर्थिक रूपमा खस्किएका बराल अमेरिकामा पुगेपछि आर्थिक रूपमा केही मात्रामा भए पनि उकासिए । विगतको दु:ख र हन्डर बिर्सने बराल आर्थिक रूपमा उकासिएपछि उनलाई धन खर्च गर्ने चाहनाले छोयो । अमेरिकामा काम गरेर कमाएको धन उतै खर्च गर्दा त्यति महŒव नहुनाले उनी बेला–बेलामा एल्बम निकाल्ने निहुँमा नेपाल आइरहन थाले । अमेरिकामा जे–जस्तो अवस्थामा बाँचे तापनि नेपालको बसाइ भने उनको आलिशान नै हुन थाल्यो । नेपालमा रहँदा फुर्सदमा साथीभाइसँग यसो कहिले तास खेलेर समय बिताउने यम अब बन्द कोठाभित्र होइन क्यासिनोतिर रमाउन थाले । जे पनि अति ग-यो भने खति हुन्छ भनेजस्तै गत साता ठमेलमा रहेको मल्ल क्यासिनोमा जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेपछि यमको वास्तविकता छर्लङ्ग भएको थियो ।
यम बराललाई अनुहारले नचिन्ने को थियो र ? तर उनले प्रहरीसमक्ष आफ्नो वास्तविकता सहज किसिमले बताएनन् । प्रहरीले रङ्गेहात पक्राउ गर्दा उनी झनै आक्रोशित मुद्रामा प्रस्तुत भएर अमेरिकी ग्रिनकार्ड देखाउँदै– ‘म नेपाली होइन, अमेरिकी हो । विदेशी नागरिकलाई समात्न पाइँदैन’ भन्नेजस्ता तर्क दिन थाले । रक्सीले चुर अनि धन हारेर थकित भएका यमको यो तर्क सुनेपछि प्रहरी हाँस्यो । यमलाई यति पनि थाहा थिएन कि ग्रिनकार्ड पाउन नागरिकता ल्याग्नुपर्दैन ? उनले अझै पनि नेपाली नागरिकता र पासपोर्ट त्यागेका छैनन् । अनि अर्को कुरा ग्रिनकार्ड भनेको नागरिकता त्यागेपछि पाउने कार्ड होइन । आफूजस्तै प्रहरी प्रशासनलाई पनि भ्रममा पार्न खोज्ने यमलाई यी सबै कुराको जानकारी दिएपछि लज्जित भएर लुरुलुरु प्रहरीको भ्यानमा चढेका थिए ।
करिब पाँच दिन प्रहरीमा थुनिएपछि बाहिर निस्किएका यममाथिको विश्वास यतिबेला श्रोताहरूमा टुटेको छ । नेपाली पासपोर्ट बुझाएर ग्रिनकार्ड हात पारेका यमले आफूलाई अप्ठ्यारोमा पर्दा ‘म नेपाली होइन’ भनेर दिएको अभिव्यक्तिले अप्ठ्यारो पर्दा यम जे पनि गर्न र बोल्न सक्दारहेछन् भन्ने कुरा स्पष्ट भएको छ । गलत कामबाट मुक्ति पाइन्छ भने आफ्नो राष्ट्रियता पनि दाउमा राख्दारहेछन् यमले । यमको यो क्रियाकलापले यतिबेला समग्र साङ्गीतिक क्षेत्रमा तरङ्ग पैदा भएको छ ।