‘पाइएन मनले खाएकी’

‘पाइएन मनले खाएकी’


rajeshpayalraiयुवा पुस्ताका श्रोतामाझ गायक राजेशपायल राई रामै्रसँग चर्चामा छन् । आधुनिक र चलचित्र दुवै विधाको गायनमा जम्न सफल राई सबै वर्ग, तह र तप्काका श्रोतामाझ क्रेज बनाउन सक्षम छन् । यति मात्र होइन, उनी भोजपुरी गायनमा पनि बिस्तारै जम्ने तयारीमा छन् । अविवाहित गायक राई विवाहको प्रसङ्गलाई लिएर पनि बजारमा चर्चामा आइरहन्छन् ।
० गीत मात्रै गाएर बसिराख्ने … ?
– के गर्नुप-यो त मैले ।
० घरजमतिर सोच्ने बेला भएन ?
– बेला त भयो नि । तर, साइत नै जुरेन ।
० उमेरचाहिँ कति भयो तपाईंको ?
– ठ्याक्कै त थाहा भएन हा…हा…हा.. । तर तीस नाघेकोचाहिँ थाहा छ । कति भनेर नसोध्नुस् ।
० विवाह गर्ने उमेरले डाँडा काट्ला नि ?
– डाँडा काट्नुभन्दा अगाडि नै विवाह गर्नुपर्छ ।
० प्राय: गायकहरू मेरो गर्लपे्रmन्ड फलानो भनेर कुरा गर्छन् । अनि तपाईंले कहिले पनि गर्लफ्रेन्डको कुरै गर्नुभएन नि ?
– गर्लपे्रmन्ड विज्ञापन गर्ने साधन पनि होइन नि । झन् मेरो गर्लपे्रmन्ड नै छैन । भए पो कुरा गर्नु नि ।
० विवाह गर्ने प्रस्ताव कत्तिको आउँछन् नि ?
– त्यसको हिसाब नै नगरौँ । विवाहको प्रस्ताव त हरेक दिन आउँछ नि । यसमा पनि साइत जुर्नुपर्दो रहेछ । जिन्दगी बिताउने कुरा हो । सोचेर गर्नुप-यो नि । बूढापाकाहरू भन्छन् नि हतारमा विवाह गरेर फुर्सदमा पछुताउन हुन्न रे ।
० तपाईंको कमाएको पैसाको तह लगाउने पनि चाहियो नि ?
– राम्रोसँग तह लगाउने आयो भने त रामै्र हो । तर, तह लगाउने निहुँमा बढी खर्च गर्ने भित्रियो भने के गर्ने ? त्यो पनि सोच्नुप-यो नि ।
० अब के छ नि नयाँ ?
– दर्शन नमस्ते–२ नामक एल्बम आउँदै छ । त्यसैको तयारीमा छु ।
० यही नामको सिनेमा खेल्ने कुरा के हुँदै छ ?
– त्यसको पनि तयारी हुँदै छ ।
० तपाईं नम्बर वन गायक हो ?
– म आफ्नो बखान आफैँ गर्न सक्दिनँ । त्यो कुरा त मिडिया र श्रोताहरूको पोल्टामा छाडेको छु ।
० नेपालमा नै बसेर गीत गाएकै भरमा पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण तपाईं हो भन्छन् नि ?
– पैसा कति कमाइयो, कमाइएन ? कुरा नगरौँ । तर निरन्तरता र क्षेत्रप्रति समर्पित भने हुनैपर्छ । त्यसपछि आउँछ सफलता । यो उदाहरण सबै क्षेत्रको लागि हो ।

माण्डवीका साथ गायक राजनको ‘वनभोज’
झन्डै डेढ दशकदेखि गीत–सङ्गीतको क्षेत्रमा लागिपरेका युवा गायक राजन आचार्यको दोस्रो साङ्गीतिक कोसेली गीति एल्बम ‘वनभोज–२’ बजारमा आएको छ । विशेषगरी लोक–पप तथा लोक बेसमा आधारित गीत गाउने विशेषता बोकेका राजनले आफ्नो पछिल्लो गीति एल्बममा पनि लोक–पप र लोक–आधुनिक शैलीका ६ वटा सुन्दर सिर्जना समावेश गरेका छन् ।
गीत–सङ्गीत भनेपछि हुरुक्कै हुने स्वभावका राजन व्यावसायिक रूपमा नभई आफूले सोखको रूपमा गाउने गरेको बताउँछन् । फरासिला र मिलनसार स्वभावका यी गायकले हरेक प्रकारका गीत गाएर सङ्गीतप्रेमीहरूलाई मन्त्रमुग्ध पार्दै आएका छन् । ‘वनभोज–२’ मा ६ वटा गीत समेटिएका छन् भने प्रत्येक गीत अलग–अलग शैली र स्वादका छन्, जसले कुनै पनि वर्ग या उमेर–समूहका सङ्गीतप्रेमीको मन जित्ने दाबी गर्न सकिन्छ । युवापुस्ताकी चर्चित गायिका माण्डवी त्रिपाठीको आवाजसमेत ‘वनभोज–२’मा सुन्न पाइन्छ । माण्डवी र राजनको युगल आवाजले सजिएको ‘यो जीवनमा जब तिमी वसन्त भई आयौ, मेरो मनमा उज्यालो नै उज्यालोले छायो, मैले पनि जिन्दगीको लक्ष्य भेटेकी छु तिमी पाउँदा रङ्गीचङ्गी सपना देखेकी छु…’ बोलको रोम्यान्टिक शब्द गायक आचार्य स्वयम्ले सिर्जिएका हुन् भने यस गीतले ‘वनभोज–२’मा सुनमा सुगन्धको काम गरेको छ भन्दा अत्युक्ति नहोला । एल्बममा समावेश गरिएका अन्य गीतहरू ‘सबै भन्छन् आयो अब…’ (कञ्चन पुडासैनी), ‘स्याउ खानु स्वादिलो मार्फाको…’ ‘बोलाउँदा बोल्दिनौ…’ (राजन आचार्य) ‘त्यो नजर कर्कियो…’ (जयप्रकाश त्रिपाठी), ‘लाज छोप्ने पछ्यौरी…’ (गोविन्द घिमिरे) आ–आफ्नै विशेषता बोकेका फरक–फरक शैलीका छन् । सङ्गीतकार राजेन्द्र श्रेष्ठ र रमेश श्रेष्ठको सङ्गीत सिर्जना र कपिलदेव लामिछानेको विशेष सहयोगमा पशुपति बुद्ध म्युजिक सेन्टरबाट उत्पादित ‘वनभोज–२’ सङ्गीतपारखीका लागि एक सुन्दर उपहार सावित हुने विश्वास गर्न सकिन्छ ।

गायत्रीले भनिन्– ‘उठेर–बसेर’
तिज आउन अझै निकै समय बाँकी छ । तर यससम्बन्धी गीत–सङ्गीतहरू बजारमा आउने क्रम भने सुरु भइसकेको छ । हरेक वर्ष महिला श्रोताहरूको इच्छालाई ध्यानमा राखेर तिजसम्बन्धी एल्बम बजारमा ल्याउने गायिका गायत्री थापा यसपटक पनि जुर्मुराइसकेकी छिन् । गायत्रीले यसपटक आफूले बजारमा ल्याएको एल्बमको नाम राखेकी छिन् ‘उठेर बसेर’ तिजमा रौनक थप्न आफूले यसपटक अलि चाँडै भीसीडी बजारमा ल्याएको कुरा उनले बताएकी छिन् । गायत्रीले उठेर–बसेरमा चारवटा गीतहरू समावेश गरेकी छिन् । म्युजिक भिडियो पनि उनले तयार गरिसकेकी छिन् । ‘आजको जमाना भनेको सुन्नेभन्दा पनि हेर्ने हो । त्यसैले भिडियो पहिले नै तयार पारेकी हुँ,’ उनले भनिन् । अडियो र भिडियो दुवै बजारमा आइसकेको उठेर बसेरले कस्तो बजार पाउला ? त्यो हेर्न बाँकी नै छ ।

गुरु र चेलीको चर्तीकला
नायिका जिया केसी निर्देशक दीपक श्रेष्ठलाई आफ्नो गुरु मान्छिन् । तर, आफ्नै गुरुको चलचित्र ‘रङ् वे’मार्फत बद्नाम भएपछि अहिले गुरु–चेलीबीचको सम्बन्ध बिग्रिएको छ । गुरुले त चेलीलाई राम्रो शिक्षा दिनुपर्ने हो तर उल्टै गुरुले आफ्नो चलचित्र हेर्ने दर्शकहरूले नै जिब्रो टोक्नुपर्ने दृश्य खिचेपछि गुरु र चेलीको चर्तीकला हेरिनसक्नुभएको छ । चलचित्र एटीएमबाट बद्नामको पराकाष्ठा नै नाघेकी जियाले अबदेखि त्यस्तो सिनेमा नखेल्ने सङ्कल्प गरेकी थिइन् । तर, उनको त्यो सङ्कल्प गुरुको चलचित्र ‘रङ् वे’मा गएर भत्किएको छ । ‘रङ वे’को प्रोमो यु–ट्युबमा आएपछि बजारमा दीपक र जियाको बारेमा नानाथरीका कुरा चलेपछि अनुत्तरित भएका यिनीहरू अहिले लाजले कुनै सार्वजनिक कार्यक्रमतिर पनि देखिँदैनन् ।