उपचार गर्न देशबाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने : यादव

उपचार गर्न देशबाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने : यादव


उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देशबाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् ।

आज बी एण्ड बी अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री यादवले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री यादवले भने, ‘नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रूपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार छ ।’

सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्यसेवालाई माथि उकास्न सकिने बताउँदै उनले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरूका लागि स्वास्थ्य सेवाको पहँुच पु¥याउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख गरे ।

राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड थियो ।

मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा बी एण्ड बी अस्पतालले आजदेखि शुरु गरेको हो ।