आठ करोड राजस्व संकलन

आठ करोड राजस्व संकलन


पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष ०७४–७५ मा रु. आठ करोड ६९ लाख ८६ हजार राजस्व संकलन गरेको छ ।

छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु. एक करोड १८ लाख ६३ हजार र असारमा रु. ६३ लाख ५९ हजार राजस्व संकलन भएको हो ।

आव ०७३-७४ मा रु. पाँच करोड राजस्व संकलन भएको थियो । आव ०७३–७४ को तुलनामा आव २०७४÷७५ मा रु तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो । सरकारले साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरेको थियो ।