झापाको गौरीगञ्ज गाउँपालिकामा ‘फ्री’ वाइफाई सेवा

झापाको गौरीगञ्ज गाउँपालिकामा ‘फ्री’ वाइफाई सेवा


झापाको दक्षिण–पश्चिम क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रूपमा इन्टरेनटमा पहुँच पुऱ्याउने उद्देश्यले निःशुल्क वाइफाई सेवा शुरु गरेको छ ।

स्थानीयलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रूपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

निःशुल्क वाइफाई सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं. ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले जानकारी दिए ।

हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाईको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पु¥याइने सूचना अधिकृत थापाले बताए ।

‘अहिले हामी परीक्षणको चरणमा छाँै,’ सूचना अधिकृत थापाले भने, ‘परीक्षण सफल भयो भने गाउँपालिकाका अन्य वडामा समेत यो सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ ।’

उनका अनुसार वाइफाई सेवा २४ घन्टा नै फ्री भए पनि यसको दुरुपयोग नहोस् भनेर हरेक सेवाग्राहीले ‘कनेक्ट’ गरेको एक घन्टापछि स्वतः ‘डिसकनेन्ट’ हुने व्यवस्था मिलाइएको छ ।