दुई पत्रकारसहित सात महिला अधिकारकर्मी सम्मानित

दुई पत्रकारसहित सात महिला अधिकारकर्मी सम्मानित


महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएका सातजना अधिकारकर्मीसहित दुईजना सञ्चारकर्मी सम्मानित भएका छन् ।

राष्ट्रिय महिला आयोगले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा फोटो पत्रकार चन्द्रकला क्षेत्री (नयाँ पत्रिका काठमाडौं), सञ्चारकर्मी हरि गौतम (रुकुम कान्तिपुर) लाई सम्मान गरिएको हो

यसैगरी सम्मानित हुनेमा माया गुरुङ (ताप्लेजुङ), बबिताकुमारी जैसवाल (बारा), उमाकुमारी सुवेदी (मकवानपुर), रीता शर्मा (बाग्लुङ), शारदा डाँगी (रुकुम), तीर्थकुमारी जिसी (सुर्खेत) र देवकुमारी खाती (बाजुरा) रहेका छन् । सम्मानित हुनेलाई १५ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उनीहरूलाई सम्मान एवं नगद पुरस्कार अर्पण गर्दै महिला अधिकारको क्षेत्रमा रहेको संवैधानिक प्रावधानलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने खाँचो रहेको बताइन् ।

उनले अब राष्ट्रिय महिला आयोगले संवैधानिक आयोगका रूपमा काम गर्ने बताउँदै यसका लागि आवश्यक कार्य मन्त्रालयले तयारी गरिरहेको जानकारी दिइन् ।