शिक्षण अस्पतालका निर्देशक महराद्वारा राजीनामा

शिक्षण अस्पतालका निर्देशक महराद्वारा राजीनामा


एक महिना अघि नै कार्यकाल सकिएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा. डा. दीपक महराले राजीनामा दिएका छन् ।

महराले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डीन डा. जगदीशप्रसाद अग्रवालसमक्ष आफ्नो राजीनामा थमाएका हुन् ।

आफ्नो चारबर्षे कार्यकाल सकेका महरालाई त्रिवि कार्यकारी परिषद्ले भने अर्को व्यवस्था नभएसम्म भन्दै उनको पदावधी तीन महिनाका लागि थप गरेको थियो ।

तर महराले सो अवधि नसकिदैं आफ्नो राजिनामा बुझाएका हुन् ।