रत्ननगर नगरपालिकाले मुसहर–माझीलाई उच्चशिक्षाका लागि आर्थिक सहयोग गर्ने

रत्ननगर नगरपालिकाले मुसहर–माझीलाई उच्चशिक्षाका लागि आर्थिक सहयोग गर्ने


रत्ननगर नगरपालिकाले यहाँको मुसहर र माझी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययनका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

नगरभित्र रहेका मुसहर तथा माझी विद्यार्थीले चाहेमा स्नातकोत्तरसम्मको अध्ययनका लागि सहयोग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।

नगरसभाबाट पारित भए पनि अहिलेसम्म मुसहर–माझीले नगरपालिकाको उक्त सेवा लिन नसकेको जानकारी दिँदै उनले भने, ‘भर्खरै एक–दुईजना प्लस टुसम्म पुगेका रहेछन्, अब उनीहरूको उच्चशिक्षालाई नगरपालिकाले आर्थिक भार व्यहोरेर पढाउँछ ।’

यस्तै, नगरपालिकाले कोचिङ कक्षाका लागि पनि आर्थिक सहयोगका साथै उच्च शिक्षा पढ्ने हरेक सुकुम्बासीका बालबालिकाका लागि प्रतिव्यक्ति रु. पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।