दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु


तिनाउ गाउँपालिका–३, सिद्धबाबानजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आइतबार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र १९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पाल्पाबाट बुटबल जाँदै गरेको ना.३ख १००८ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२१ख ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । तिनाउ खोलाबाट उनीहरूको शव डोरीको प्रयोग गरेर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू सवार मोटरसाइकल सडकभन्दा केही तल भीरमा अड्केको छ ।