भ्रष्टाचारको अभियोग लागेका मल्ल जेल चलान

भ्रष्टाचारको अभियोग लागेका मल्ल जेल चलान


नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ ।

ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आज सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो ।

मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा रु दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी उपयोग गरेको ब्यूरोले जनाएको छ ।