पाठक मञ्च

पाठक मञ्च


pathakmanchशम्भु थापाको अन्तर्वार्ता पढेपछि…
सम्पादकज्यू,
गताङ्कमा प्रकाशित वरिष्ठ अधिवक्ता शम्भु थापाज्यूको अन्तर्वार्ता पढियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा सर्वाधिक महŒवपूर्ण भूमिका निर्वाह गर्नुहुने थापाका विचार मलाई स्पष्ट र ‘कन्भिन्सिङ’ लागेन । उहाँले चुनाव गरिनुपर्छ भन्न खोज्नुभएन र, चुनाव हुनुहुँदैन भन्न पनि सक्नुभएन । जनताले चुनाव चाहेका छैनन् भनेर के भन्न खोजिएको हो बुझ्न सकिएन । चुनाव नहुने भए कुन विकल्पमा जान उपयुक्त हुन्छ त्यो पनि उहाँले बताउन सक्नुभएको छैन । देशलाई सधैँ यस्तै अन्योल र अराजकताको स्थितिमा राख्न हुँदैन, कुनै न कुनै उपायले शान्ति र स्थिरताको बाटोमा लैजानुपर्छ भन्ने शम्भु थापाजस्ता विद्वान् अधिवक्तालाई थाहा नभएको अवश्य होइन । ०६३ सालका राजनीतिक उपलब्धिहरूलाई उपलब्धि नमान्ने हो भने बेग्लै कुरा, होइन भने विद्वान्हरूले समस्या देखाएर मात्र हुँदैन, समाधानको बाटो पनि देखाउन सक्नुपर्छ । सबै दोष अर्काको टाउकोमा थोपर्ने र आफूहरू पानीमाथिको ओभानो बन्ने प्रवृत्ति नेपालका विद्वान् तथा बुद्धिजीवीहरूको चिरपरिचित प्रवृत्ति हो । कम्तीमा शम्भु थापाज्यू अन्य विद्वान् र बुद्धिजीवीहरूभन्दा माथि उठेको महसुस हामीले गरेका हौँ, सोहीअनुरूप प्रस्तुत भएर आफ्नो विश्वसनीयता एवम् प्रतिष्ठा जोगाउन म आदरणीय शम्भु थापाज्यूलाई सादर अनुरोध गर्दछ ।
– शरण केसी, पुम्दी मुम्दी, पोखरा (कास्की)

थापाको भनाइ ठीकै छ
सम्पादज्यू, साउन १६को घटना र विचारमा प्रकाशित शम्भु थापाज्यूको अन्तर्वार्ता पढेँ, कुरा राम्रा लागे । उहाँले संविधानसभाको चुनाव हुनुपर्छ भन्नुभएन र हुनुहुँदैन पनि भन्नुभएन । तर, भाव बुझ्दा चुनावको आवश्यकता नरहेको भन्ने उहाँको आसय मैले पाएँ । देशमा अहिले चुनाव होइन, शान्तिसुरक्षा, विकास र राष्ट्रिय एकता तथा सामाजिक सद्भावको आवश्यकता छ । विदेशीको इशारामा गर्न खोजिएको मङ्सिर ४ गतेको चुनावले देशलाई निकास दिन सक्दैन । सर्वपक्षीय भेला या बैठक गरेर राजनीतिक सङ्कटबाट देशलाई मुक्त गराउनुपर्छ । बलजफ्ती गराइने चुनावले शान्ति र स्थिरता होइन द्वन्द्व र अराजकता मात्र बढाउनेछ । शम्भुजीको भनाइ स्पष्ट नभए पनि आसय त्यस्तै रहेको मैले महसुस गरेँ ।
– गणेश सापकोटा, कुसादेवी, काभे्र
धपअथदभचआभ२नmबष्।िअयm

यी भान्जालाई कसरी ‘झोलीको देउता’ मान्ने ?
भान्जालाई मावलीको झोलीका देवता मानिन्छ । तर, सीधासाधा प्रकृतिका प्रहरी आईजी कुवेरसिं राना भने भान्जालाई झोलीको देउता मानेर पुज्ने कि आफ्नो वरपर ढिम्कनै नदिने भन्ने द्विविधामा परेका आईजीनिकट स्रोतको दाबी छ । मामाको पदीय हैसियतलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न मामाकै आँखामा पट्टी बाँध्ने धूर्त भान्जाका रूपमा आईजी रानाको ‘निवास प्रबन्ध’ हेर्दै आएका यामबहादुर झेडी मगरको चर्चा प्रहरी निकायबीच चल्न थालेको छ ।
भान्जा झेडी मगरले प्रहरीको सरुवा–बढुवा तथा खरिद प्रकरणको सेटिङ मिलाएर अर्थाेपार्जन गर्ने र मामाको कार्यकाल जति–जति छोटिँदै छ त्यति–त्यति कमाउ धन्दामा तीव्रता दिने गरेको स्रोतको कथन छ ।
त्यसो त पेसाले झेडी मगर ट्राभल व्यवसायी हुन् । महाराजगन्जमा ‘हिमालयन यात्रा’ नामको टुर्स एण्ड ट्राभल्स उनले सञ्चालन गर्दै आएका छन् । तर, उनको ‘एनी हाउ कमाउ’ सोच–व्यवहारका कारण कहिल्यै आर्थिक विवादमा नतानिएका मामा आईजी विवादमा तानिने सम्भावना प्रचुर मात्रामा बढेको छ । प्रहरीमा गरिएको पछिल्लो सरुवा तथा बढुवामा भान्जा झेडी मगरको सेटिङ हाबी भएको र सङ्गठनभित्र मामा कुवेर सिंह रानाप्रति चर्काे असन्तुष्टि बढेको बताइन्छ ।
‘मामाकै इशारा पाएर हो या मामालाई नै गुमराहमा राखेर हो, सरुवा–बढुवामा भान्जाको चलखेल निकै देखियो,’ प्रहरी स्रोतको कथन छ । उनका अनुसार प्रत्येक सरुवामा आकर्षक पोष्टिङका लागि भान्जा झेडी मगरको लामो सूची प्रहरी महानिरीक्षकको निवासबाटै जाने गर्छ । विगतमा सरुवामा मात्रै चासो दिने गरेका यामबहादुरले यसपटक भने एसएसपी, एसपी र डीएसपी बढुवामा समेत निकै चासो दिएका थिए । प्रहरीको खरिद प्रकरणमा समेत मगरले चासो दिने गरेका छन् । आफँै व्यापारी लिएर प्रहरीको प्रबन्ध र कल्याण शाखामा धाउने गरेका झेडी मगरले मामा आईजीपी बनेपछि कति कुम्ल्याए भन्नेचाहिँ प्रस्टिइसकेको छैन । बिहान–बेलुकी मामाको सहयोगीको रूपमा देखिने र दिनभरि प्रहरीका विभिन्न युनिटमा धाउने झेडी मगरका क्रियाकलापका साथै उनको ‘निगाह’ प्राप्त गरेका व्यापारी र प्रहरी अधिकारीको लामो सूचीबारे सम्बद्ध निकायले अनुसन्धान गरिरहेको बुझिएको छ ।
– अरुणकुमार श्रेष्ठ, ललितपुर

त्यो कुनचाहिँ सुकुन्दा बचत हो ?
०७० साउन ९ गते बुधबारको राष्ट्रिय साप्ताहिक घटना र विचार साप्ताहिकमा प्रकाशित ‘डुब्दै छन् दुई दर्जन सहकारी’ शीर्षकको समाचारप्रति मनमैजु–५, काठमाडौंमा अवस्थित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि.को ध्यानाकर्षण भएको छ । यो संस्था डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता नं. १२१८/०६३/०६४ मा दर्ता भई स्थापनाकालदेखि हालसम्म सहकारीको सिद्धान्तअनुसार राम्रोसँग सञ्चालन हुँदै आएको छ । समाचारमा उल्लेखित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि. कुन ठाउँको सहकारी संस्था हो, ठेगाना नखुलाएको हुँदा जनमानसमा भ्रम सिर्जना भएको अनुभूति हामीलाई भएको छ । जहाँसम्म हामीलाई विश्वास छ– त्यो समाचार हामीप्रति लक्षित होइन होला । यदि हो भने उक्त अपूर्ण समाचारको खण्डन गर्दै तथ्यपरक समाचार मात्र सम्प्रेषण गरियोस् भन्ने आग्रह र अनुरोध गर्न चाहन्छौँ ।
– सनकमान महर्जन, अध्यक्ष
सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि., मनमैजु– ५, काठमाडौं