बरु फिल्म खेल्दिनँ, बेडसिन दिन्नँ

बरु फिल्म खेल्दिनँ, बेडसिन दिन्नँ


funtimeहरेक विधामा अहिले सक्रिय छिन् लक्ष्मी बस्नेत । टेलिभिजन वा पत्रिका विज्ञापनदेखि ठूलो पर्दाका चलचित्रसम्मको उनको यात्राले निरन्तरता पाइरहेको छ । चलचित्र जलजलाबाट ठूलो पर्दामा फड्को मारेकी लक्ष्मी अहिले भने चलचित्र सिसाको एउटा शीर्ष गीतमा देखिएकी छिन् ।
० रातो पहिरनमा निकै राम्री देखिएको छ नि ?
– निर्देशकले यही डे«समा खुल्छ भन्नुभयो, त्यसैले नै यो डे«स लगाएकी ।
० सेक्सी पनि देखिएको छ ।
– धन्यवाद, तारिफ गरिदिएकोमा ।
० यो डे«समा आँखा लगाउनेहरू कत्तिको पाइयो ?
– खै ! यहाँ त देखिएन, तर राम्री देखिएकी छ्यौ भनेर तारिफ गर्नेहरूको जमात भने ठूलै पाएँ ।
० नाम लक्ष्मी, साँच्चै लक्ष्मीचाहिँ कत्तिको कमाइयो नि ?
– यहाँ कसलाई पो नामअनुसार मिलेको छ र ? हात नहुनेको नाम हस्तबहादुर भनेजस्तै हो मेरो हालत पनि ।
० यो सिनमा त ग्ल्यामर्स पहिरनमा देखियो । अनि बेडसिनको बारेमा के छ नि विचार ?
– म फिल्म खेल्ने लोभमा बेडसिन दिन सक्दिनँ । यदि त्यस्तै सिन दिनुपर्छ भने फिल्म नै खेल्दिनँ ।
० त्यस्तो पनि भएको छ ?
– छ, पछि बेडसिन दिनुपर्छ भनेपछि मैले फिल्म नै छाडिदिएँ । फिल्ममा किन बेडसिन राख्छन् मलाई थाहा भएन ।
० बेडसिन दिएको भए के हुन्थ्यो र ?
– यहाँ त अनावश्यक र बिनातर्क बेडसिन राख्ने गरिन्छ । त्यस्ता सिनले सिनेमा र कलाकार दुवैको स्तर घटाउँछ । किन त्यस्ता सिन राखिन्छन् ? निर्देशकलाई नै थाहा छैन ।
० नायिकाको संवेदनशील अङ्ग हेर्न हो कि ?
– त्यो पनि होइन भन्न सकिन्न ।
यस्ता सिन पहिले खिच्ने अनि सेन्सर भयो भनेर पछि हटाउनेहरू पनि धेरै रहेछन् ।

शर्मिलाको बैंस डान्स क्लबमा
‘जति उमेर ढल्कियो उति राम्री देखिन्छिन् शर्मिला मल्ल’ यस्तै दुई–चारवटा बखान हुँदै थियो छायाङ्कनस्थलमा । यो कुरा नायिका शर्मिला मल्लको कानमा पुगेछ । अनि उनी गफ भएतिरै आइन् र भन्न थालिन्, ‘राम्री नदेखिने उमेरसम्म त म पुगेकी छैन नि । त्यसरी नभन्ने कि ?’ एकछिन् सुटिङस्थल नै हाँसोमय भयो ।
प्रसङ्ग हो चलचित्र ‘सिसा’को सुटिङस्थलको । जस्तो पायो त्यस्तो र जसको पायो त्यसको चलचित्रमा काम नगर्ने नायिका शर्मिला मल्ल गत हप्ता काठमाडौंको दरबारमार्गमा रहेको एउटा डिस्को क्लबमा नायक जीवन लुइँटेलसँग गिलासमा गिलास ठोक्काएर मस्ती गरिरहेकी थिइन् । ‘यो ग्लासमा रक्सी होइन नि कोक हो । रक्सीजस्तै देखाउनका लागि सुटिङ गरिएको हो,’ उनले आफू मदिरापानबाट टाढै रहेको सङ्केत गराइन् ।
सुन्दरताका कारण सधैँ शर्मिला चर्चामा नै रहिन् । उनको यो राज अझै खुलेको छैन र त्यही सुन्दरतालाई आफ्नो सिनेमामा कैद गर्न आफूले शर्मिलालाई चलचित्र सिसामा कैद गरेको कुरा बताए निर्देशक शरद केसीले ।
साँच्चै ! अलग लुकमा आएकी थिइन् शर्मिला । विक लगाएर नयाँ गेटअपमा प्रस्तुत भएकी शर्मिलाको बैंसमा लोभिएर थुतुक्क हुनेहरूको सङ्ख्या सिसामा ठूलै रहेछ । अनि आफ्नो बैंसमा पागल हुनेहरूलाई प्रयोग गर्ने गजबको भूमिका पाएकी रहिछिन् शर्मिलाले । ‘वास्तविक जीवनमा मेरो बंैससँग को–कति आकर्षित भएका छन् त्यो मलाई थाहा भएन तर चलचित्र सिसामा भने मेरो बैंस देखेर जिब्रो टोक्नेहरूको होस्हवास गुमाइदिएकी छु मैले,’ शर्मिलाले आफ्नो भूमिकाबारे बेलिविस्तार लगाइन् ।
केही चुनौतीपूर्ण र वाह गर्न लायकको भूमिका भएकै कारण आफूले सिसामा काम गरेको कुरा उनले बताइन् । शर्मिला भन्छिन्, ‘नयाँ काम देखाउन चलचित्र खेल्ने सोच बनाएकी छु ।’

युरोपमा कलाकारहरूको विजोग
अन्ततः गत हप्ता घटना र विचार साप्ताहिकले प्रकाशित गरेको ‘गरिमा र नन्दिता युरोपमै भासिने’ शीर्षकको समाचार सत्य सावित हुने भएको छ । हुन त सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न नायिकाद्वय गरिमा पन्त र नन्दिता केसीको साथमा गायक मिङमा शेर्पा र गायिका रिमा गुरुङ पनि गएका थिए । तर, यी दुई फर्कने तयारीमा छन् भने गरिमा र नन्दिताले नफर्कने सोचलाई अगाडि बढाएका छन् । नेपालबाटै उता जाँदा युरोपमा रहेका आफन्त र साथीभाइहरूलाई सम्पर्क गरेका थिए यी दुईले । नेपालमा चार्म घट्दै जानु अनि यही समयमा युरोपको भिसा लाग्नुलाई पनि यी दुईले भाग्यकै खेल ठानेका छन् । यही भाग्यकै खेलले अन्ततः दुवैलाई युरोप पु-याएको छ ।
पछिल्लो जानकारीअनुसार यो समूहको सांस्कृतिक कार्यक्रम पनि व्यावसायिक रूपमा त्यति जन्म सकेन । आयोजकले रामै्र खर्च गरेर युरोप पु-याएको यो कलाकार टोलीबाट आर्थिक रूपमा नाफा नहुने देखेपछि तय गरिएका कार्यक्रमहरू पनि रद्द भएका छन् । आयोजक सम्पर्कविहीन भएपछि यो टोली यतिबेला युरोपमा रहेका नेपाली सङ्घ/संस्थाहरूलाई हारगुहार गर्दै कार्यक्रम प्रस्तुत गरिरहेका छन् । कुनै कुराको निश्चित नगरीकन विदेश जान पाइयो भन्दै हतारमा विदेश पुगेका कलाकारहरूको यस्तो बेहाल अवस्था देखेपछि स्थानीय नेपालीले पनि सहयोग गरिरहेका छन् ।

सिनेमाण्डुको पाँचौँ संस्करणमा चलचित्र ‘सायद’
भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा संयुक्त रूपले आयोजित ‘सिनेमाण्डु’को पाँचौँ शृङ्खलामा सुरज सुब्बा निर्देशित चलचित्र ‘नाल्बो’ प्रदर्शन गरिएको छ । गत साता नेपाल वायुसेवा भवनस्थित नेपाल–भारत पुस्तकालयमा आयोजना गरिएको सिनेमाण्डुमा उपस्थित अतिथि दर्शकहरूलाई स्वागत गर्दै भारतीय राजदूतावास प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख अभय कुमारले उत्कृष्ट नेपाली चलचित्रको प्रवद्र्धन गर्दै श्रोता तथा समर्थकहरूसँग प्रत्यक्ष रूपमा निर्माता तथा कलाकारहरूलाई अन्तरक्रिया गराउने अभिप्रायले गत अप्रिलदेखि हरेक महिना सिनेमाण्डुको आयोजना गर्दै आएको प्रस्ट्याउनुभयो । चलचित्र प्रदर्शनपछि चलचित्रका प्रमुख कलाकार संयम पुरी र निर्देशक तथा पटकथा लेखक सुरज सुब्बा ‘नाल्बो’सँग श्रोताहरूले अन्तरक्रिया गरेका थिए ।
सिनेमाण्डुको पाँचौँ संस्करणमा सुरज सुब्बा निर्देशन सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको ‘सायद’का निर्माता सुनिल रावल हुन् भने उक्त चलचित्रलाई फिल्म समीक्षकहरूबाट निकै सह्राइएको छ । हालै सम्पन्न राष्ट्रिय चलचित्र अवार्डमा ‘सायद’ एक्लैले सर्वाेत्कृष्ट चलचित्र तथा निर्देशन विधाका साथै सातवटा विभिन्न पुरस्कारहरू प्राप्त गर्न सफल भएको थियो ।