नेपाली काङ्गे्रसलाई नै किन रोज्ने ?

नेपाली काङ्गे्रसलाई नै किन रोज्ने ?


bichar– इन्द्रबहादुर बराल
मुलुक अहिले शान्ति, संविधान र विकासका लागि चुनावमा होमिइसकेको छ । महान् चाड दशैँ–तिहारको रौनक समाप्तिसँगै ‘राजनीतिक दशैँ’जस्तै माहोल छाएको छ । ठीक वर्ष दिनको अन्न भण्डारण गर्ने बेलामा जहाँ बेसीको धानका बाला झुलेका छन्, थन्क्याउने समयमा पनि गाउँबेसीमा चुनावी सरगर्मी बढ्दो छ । चुनाव हुन्छ र भन्ने आवाज पनि यदाकदा नउठेका होइनन् । चुनाव बहिष्कार र बिथोल्ने एक तप्काको हल्लाले पनि निर्वाचनको रौनक बढाएकै छ । चुनावी बहस र छलफल चाहे त्यो नकारात्मक नै किन नहोस् तर त्यसले चुनावलाई सकारात्मक प्रभाग पारेको छ । यसर्थ, अब पनि हुन्छ–हुँदैन भन्ने अनावश्यक तर्क गरिरहनुभन्दा मङ्सिर ४ को दिनको तयारीमा आ–आफ्ना एजेण्डा लिएर जनतामाझ जानु नै यतिबेलाको एक मात्र विकल्प हो ।
लाग्दछ– अब कुनै तागतले आसन्न संविधानसभाको निर्वाचन रोक्न सक्दैन । जँगारमा खुट्टा हालेकाहरू अब पछाडि फर्कने अवस्थामा देखिँदैन । देश दोस्रो संविधानसभाका लागि रङ्गीसकेको छ । त्यसबाट पनि हट्नु भनेको आत्महत्याजस्तै हो । चुनाव लोकतन्त्रको आत्मा हो । त्यो चुनावरूपी आत्मालाई बचाउनु सबै लोकतन्त्रवादीको साझा कर्तव्य पनि हो । चुनाव र चुनावबाट निर्वाचित जनप्रतिनिधिको अभावमा न्याय सम्भव छैन । न्याय नपाएर छटपटिइराखेका पीडित जनतालाई आफ्नो प्रतिनिधि रोज्ने अधिकारबाट वञ्चित गरिनुहुँदैन र गर्ने अधिकार कसैलाई पनि छैन । जनताको आफ्नो प्रतिनिधि छनोट गर्ने अधिकार लोकतन्त्रमा मात्र सम्भव छ । त्यसैले नेपाली काङ्गे्रसले आफ्ना तीन आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई व्यावहारिक कसीमा उतार्नकै लागि पनि काङ्ग्रेसलाई रोज्नु आवश्यक छ ।
काङ्गे्रस राष्ट्रियताको पहरेदार, लोकतन्त्रको जननी हो भने समाजवादको प्रखर हिमायती हो । यी तीन आदर्शलाई प्रत्येक नेपालीको ढुकढुकी बनाउनकै लागि काङ्गे्रसले जित्न अनिवार्य छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई पृथक राखेर राजनीतिक, आर्थिक र सामाजिक न्याय दिन सकिँदैन । राष्ट्रबाट राष्ट्रियता भएको हो । राष्ट्र भूगोल हो र त्यो भूगोललाई अस्तित्वमा ल्याउने त्यस भूगोलमा बस्ने मानिस हुन् । त्यसकारण राष्ट्र र जनताको संयोजन नै राष्ट्रियता हो । अर्थात् कुनै पनि मुलुकका जनतालाई भूगोलबाट अलग्याएर राष्ट्रियताको निर्माण हुन सक्दैन । कुनै पनि राष्ट्रको राष्ट्रियताको मूल आधार भनेकै जनता हुन् । जनताको भावनाको सामूहिक प्रतिनिधित्व र सम्मान हुन सकेन भने राष्ट्रियता कमजोर हुन्छ । नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसंस्कृतिको सम्मिश्रणबाट सजिएको एक सुन्दर देश हो, जहाँ विविधतायुक्त समाजमा एकता कायम रहेको छ । यति सुन्दर विविधतामा एकताको प्रतिविम्ब देखिएको समाजलाई राष्ट्रियताको मनोगत अर्थ र परिभाषाले क्षतविक्षत गरिनु दुर्भाग्य हुनेछ ।
सङ्क्षेपमा भूगोल र त्यसमा बसोबास गर्ने नेपाली जनताको साझा पहिचान नै राष्ट्रियता हो । लोकतन्त्रका अनेकन अर्थ होलान्, तर सारमा जनताको मौलिक अधिकारको रूपमा रहेका, मानवअधिकार आवधिक निर्वाचनलगायत पे्रस स्वतन्त्रता, वाकस्वतन्त्रता, बिनाहातहतियार भेला हुने र सभा–समारोह गर्न पाइने, सम्पत्ति राख्न पाउने, आफ्नो मुलुकको कुनै पनि भूभागमा आवतजावत तथा बसोबास गर्न पाउने, न्यूनतम मानवोचित जीवन जिउन पाउनेलगायत शिक्षा, स्वास्थ्य, रोजगारीको लोकतन्त्रको प्रत्याभूतिमा मात्र सम्भव छ । त्यसैले नेपाली काङ्गे्रस लोकतन्त्रको जननीको रूपमा नेपाली राजनीतिमा सुपरिचित स्थापित छ । तेस्रो, समाजवाद हो ।
समाजवाद भनेको जननायक बीपी कोइरालाको शब्दमा सबै नेपालीको एउटा आफ्नै घर हुनु हो भने प्रत्येक नेपालीले दु:ख जिलो गरेर अर्थात् खेती–किसानी गर्न जमिनको व्यवस्था हुनु हो । साथै सबै नेपालीका छोराछोरीले समयोचित शिक्षा पाउन सकून् र बिरामी पर्दा ओखतीमूलो गर्न सक्ने स्थिति हुनु नै समाजवाद हो । आखिर नेपाली काङ्गेसले २०१२ सालमा नै प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आफ्नो आदर्श मान्दै आएकाले काङ्गे्रसलाई रोज्न कुनै अप्ठ्यारो मान्नुपर्ने देखिँदैन । राष्ट्रियता, लोकतन्त्र र समाजवादबाट अविचलित नेपाली काङ्गे्रस तीन आदर्शकलाई मूर्तरूप दिन प्रतिबद्ध छ । त्यसैले नेपाली काङ्गे्रस नै अहिलेको सर्वोत्कृष्ट रोजाइ हो ।
०७ सालको प्रजातान्त्रिक आन्दोलन, ०४६ को प्रजातन्त्रको पुनस्र्थापनाको आन्दोलनदेखि ०६२/०६३ को लोकतान्त्रिक आन्दोलनसम्म नेपाली काङ्गे्रसले नेतृत्व सम्हालेको यथार्थ कहीँ कतैबाट छिपेको छैन । तसर्थ नेपाली काङ्गे्रसले उच्च मनोबलका साथ जनतासँग मत माग्ने अधिकार र हैसियत राख्दछ । दु:खद् कुरा हो अहिले मुलुक राजनीतिक, वैचारिक र सैद्धान्तिक आधार गुमाएकाहरू कतै जातीयताका आधारमा राज्य बाँड्ने कुरा गरेर भोट माग्दै छन् त कतै धर्मको आडमा । यस्ता अराजनीतिक हर्कतले मुलुकले खोजेको शान्ति र संविधान सम्भव छैन । त्यसैले पनि निश्चित आदर्श बोकेको पार्टी नेपाली काङ्गे्रसलाई रोज्न आवश्यक छ । नेपाली काङ्गे्रस समावेशी लोकतन्त्रको पहिलो अभ्यास गरेको पार्टी हो, जुन पार्टीले (कदमजम) कर्णाली, दलित, महिला, जनजाति र मधेसीलाई निश्चित कोटा तोकेर आफ्नो पार्टीलाई समावेशी लोकतन्त्रको उदाहरण देखाएको छ ।
त्यति मात्र होइन, नेपाली काङ्गे्रसले आफ्नो नेतृत्वको सरकार हँुदा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ बनाए आदिवासी जनजातिको पनि पार्टी हो भन्ने प्रमाण पेस गरिसकेको छ भने दलित, महिला आदि बृहत्तर हितका लागि आयोग बनाएर दलित तथा महिलाको हकअधिकार सुरक्षित गर्ने कार्य भइराखेककै छन् । नेपाली काङ्गे्रस कमैया तथा मोही (जोताहा किसान) को पनि पार्टी हो किनभने काङ्गे्रस नेतृत्वको सरकारले मोही र तल्सिङको अधिकार समान बनाइदिएको छ । अति पुस्तौँदेखिको बाबुबाजेको ऋण तिर्न नसकेर कमैया बस्दै आएकाहरूको ऋणमोचन गराएर तिनको पुनस्र्थापना गर्ने कार्यको अगुवाइ पनि काङ्गे्रसले नै गरेको हो । यसर्थ पनि सबै कमैयादेखि जोताहा किसान जसलाई हामी मोही भन्दछौँ उनीहरू पनि नेपाली काङ्गे्रसप्रति कृतकृत हुनैपर्दछ । यो सानो लेखबाट नेपाली काङ्गे्रसले गरेका असङ्ख्यक जनपक्षीय कामको फेहरिस्त प्रस्तुत गर्न सम्भव छैन । अत्यन्त सूक्ष्म रूपमा माथि उल्लेख गरिएका उपलब्धलाई मात्रै पनि मनन गरियो भने नेपाली काङ्गे्रसलाई रोज्नुको विकल्प छैन । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श बोकेको ऐतिहासिक पार्टी नेपाली काङ्गे्रसको जितमा समग्र नेपालीको जित सुनिश्चित छ । त्यसैले नेपाली काङ्गे्रस पार्टीको चुनावचिह्न रूखमा भोट हाली अत्यधिक बहुमतले विजयी गराउनु अहिलेको सम्पूर्ण नेपालीको दायित्व हो ।
०००