सरकारले खोस्यो प्रमुख निर्वाचन आयुक्तको विभूषण

सरकारले खोस्यो प्रमुख निर्वाचन आयुक्तको विभूषण


प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिइएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण सरकारले खोसेको छ । गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको थियो ।

गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो । जसमा न्यायधिशद्धय गोपालप्रसाद पराजुली र इश्वरीप्रसाद खतिवडा, प्रमुख आयुक्त दीप वस्न्यात, उमेशप्रसाद मैनाली, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, मुख्य सचिव सोमलाल सुवेदी, महारथी राजेन्द्र क्षेत्री र सचिव लोकदर्शन रेग्मी रहेका थिए ।

उनिहरुको नाम गृह मन्त्रालयको प्रस्तावमा संशोधन भएको बुझिएको छ । आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ । तर, त्यसमा प्रमुख निर्वाचन आयुक्तको नाम छैन् ।

प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । जबकि घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो ।