लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’


नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये १ हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु भएको छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरुमध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।