इद मनाउने क्रममा झडप, दश घाइते, दुई राउन्ड अश्रुग्यास प्रहार

इद मनाउने क्रममा झडप, दश घाइते, दुई राउन्ड अश्रुग्यास प्रहार


महोत्तरीको लोहारपट्टी गाउँपालिकास्थित महदैया चोकको इदगाहा मस्जिदमा बकर इद मनाउने क्रममा झडप भएको छ ।

नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मावलम्बीबीच भएको सो झडपमा परी १० जना घाइते भएका छन् ।

झडपले उग्र रूप लिन थालेपछि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो । प्रहरीले विवाद मिलाउन दुवै पक्षलाई सम्झाउँदा पनि नमानेकाले प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो । घाइतेको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको बताइएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बुझिएको छ । प्रहरीले झडपलार्ई नियन्त्रणमा लिएपछि अहिले स्थिति सामान्य बनेको जनाएको छ ।

नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि भएको विवाद झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडप बिहान करिब ८ बजेतिर भएको बताइएको छ ।