कलंकीको अन्डरपास एक सातालाई बन्द

कलंकीको अन्डरपास एक सातालाई बन्द


चीन सरकारको सहयोगमा निर्मित कलंकीको अन्डरपास सञ्चालनमा आएका एक साता नहुँदै बन्द भएको छ ।

यही भदौ १ गतेदेखि सञ्चालनमा आएको सो अन्डरपास परीक्षणका लागि मात्र प्रयोगमा ल्याइको भन्दै निर्माण सम्पन्न गर्न बाँकी नै रहेको जनाउँदै आज (बुधबार) बिहानदेखि नै निर्माण पक्षले नै बन्द गराएको जनाइएको छ ।

अन्डरपास बन्द भएसँगै करिब ६ दिन राहत महसुस गरेका यात्रुले पुनः सकस व्यहोर्नुपर्ने भएको छ ।

निर्माण पक्षले पुनः एक सातामा अन्डरपास सञ्चालनमा आउने जनाएको छ । नेपालमै पहिलो रहेको सो अन्डरपासको निर्माण सन् २०१६ मा सुरु गरिएको थियो ।