जोसुकै नाङ्गिन्छ, म नाङ्गिन्नँ-मोहन बैद्य किरण

जोसुकै नाङ्गिन्छ, म नाङ्गिन्नँ-मोहन बैद्य किरण


एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष प्रचण्डको शान्ति र संविधानको कार्यदिशा पारित गरेपछि त्यसमा असहमति जनाउनुभएका पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य ँकिरण’ जनविद्रोहको लाइन अझै पनि आधिकारिक लाइन भएको बताउनुहुन्छ । पार्टीमा हार्डलाइनर नेताका रुपमा परिचित वौद्धिक, राजनीतिक चिन्तक र इमान्दार नेता किरणसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंश :
अध्यक्ष प्रचण्डको प्रस्तावमा तपार्इंले किन असहमति जनाउनुभएको ?
अध्यक्षले पेश गरेको प्रस्तावमा दुईवटा पक्ष छन्, एउटा सैद्धान्तिक र अर्को ब्यवहारिक पक्ष । मेरो असहमति सैद्धान्तिक पक्षमा हो । ब्यवहारिक पक्षमा त म सहमत छु । शान्ति र संविधानको निर्णय अहिलेको होइन, पहिलाकै हो । म शान्ति र संविधानको एजेण्डाको विपक्षमा गएको पनि होइन ।
तर पालुङटार बैठकको निर्णयलाई त केन्द्रीय कमिटीको बैठकले स्थगित गर्‍यो नि ?
त्यो होइन, शान्ति र संविधानमा जाने भन्ने विषयमा हाम्रो पार्टीको कुनै पनि बैठकले विरोध गरेको छैन । न पालुङटार न खरिपार्टी न अहिले । शान्ति र संविधान निरन्तरतामा आइरहेका छन् । मैले जुन ठाँउमा नोट अफ डिसेन्ट लेखेँ त्यो भनेको पालुङटारदेखि अहिलेसम्म आइपुग्दाको मुल्याङ्कनका विषय र बस्तुगत परिस्थितिको मुल्याङ्कनसँग सम्बन्धीत विषयहरू हुन् । त्यसमा खासगरी दुई-तीनवटा विषयमा ध्यान दिन जरुरी छ । पहिलो- नेपाली जनताले नयाँ नेपाल निर्माणका निम्ति जे-जति परिश्रम गरे, सहीदहरूले रगत बगाए, कैयौं बेपत्ता पारिए, थुप्रै अपाङ्ग वा घाइते भएका छन् । तिनीहरूको आशा-सपना साकार नहुने स्थिति त आउँदैन भन्ने एउटा प्रश्न । दोस्रो- हामी शान्ति प्रक्रियामा गएका छाँै, शान्ति प्रक्रियामा अगाडि बढ्दा विस्तृत शान्ति-सम्झौताको नाममा जुन सहमति भएको छ त्यहाँ सेनासमायोजनको कुरा उल्लेख छ, कतै सम्मानजनक ढङ्गले जनमुक्ती सेनाको समायोजन नहुने स्थिति त आउने होइन ? कतै त्यसले अपमान त सहनु पर्दैन ? मेरो चिन्ता त्यहाँ हो । तेस्रो कुरा भनेको नेपाली जनताले चाहेअनुसारको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्याहरूको समाधान गर्दै अगाडि बढ्न,े नयाँ नेपाल निर्माण गर्ने र राज्यको पुनर्संरचना गर्नेलगायतका विषयहरू संवोधन गर्दै सामान्तवाद र सम्राज्यवादविरोधी संविधान बन्ने क्रममा ब्यवधान त आउने होइन ? यी तीन कारणहरूले गर्दा मैले असहमति ब्यक्त गरेको हुँ ।
बदलिएको राजनीतिक परिस्थितिमा तपाईं पुरानै चिन्तन र मानसिकता बोकेर हिँड्नु भएको छ भन्ने आरोप लगाइन्छ नि ?
शान्ति र संविधानको मैले कहाँ विरोध गरेको छु ? शान्ति र संविधानको विषयमा मैले कतै पनि विरोध गरेको र्छर्ुइन । शान्ति हुनुपर्छ जनताको पक्षमा, रुपान्तरणको पक्षमा, प्रगतिको पक्षमा र संविधान हुनुपर्छ जनताको पक्षमा, जनसंविधान हुनुपर्छ भनेर मैले आफ्ना धारणाहरू प्रष्ट राखेको छु । जहाँसम्म पुरानो चिन्तनको कुरो छ- संसदीय ब्यवस्था पुरानो ब्यवस्था हो, समाजवाद र जनताको जनवाद नयाँ ब्यवस्था हो । म नयाँ ब्यवस्थाको कुरा गर्ने मान्छे कसरी पुरानो चिन्तन बोकेको आरोप लगाईन्छ ?
त्यसोभए अध्यक्षको प्रतिवेदनको कार्यक्रममा तपाईंको फरक मत छैन ?
मैले प्रस्तुत गरेको दस्तावेज र अध्यक्षले प्रस्तुत गरेको दस्तावेजको अन्तिममा जुन कार्यक्रमिक बुँदाहरू छन्, त्यसमा छलफल र बहस गरिसकेपछि हामी एक ठाँउमा गएका हौँ । कार्यक्रमिक बुँदामा मेरो असहमति छैन ।
तपाईंले भन्ने गरेको समाजवाद वा जनवाद त संसारमा असफल भइसक्यो नि ?
लामो क्रान्तिको दौरानमा सफल र असफल हुन्छ । संसारमा पुँजिवाद आएको छ-सात सय बर्ष भयो तर नेपालमा अहिलेसम्म पुँजिवाद आइसकेको छैन । के सफलताको कुरा गर्नुहुन्छ ? क्रान्तिको दौरानमा सफल-असफल हुने कुरा आउँछ । रुस र चीनको कुरा आंशिक असफलता मात्रै हो । पुँजिवाद पनि क्रान्ति र प्रतिक्रान्तिको बीचबाट असफलता र सफलताको बीचबाट गुज्रेको छ । अहिले सफलता र असफलताको कुरो नगरौँ ।
त्यसोभए माओवादी संसदीय ब्यवस्थामा रहँदैन ?
माओवादी संसदीय ब्यवस्थामा रहँदैन । यसको पक्षमा छैन ।
तर पार्टीअध्यक्षको प्रस्ताव त संसदीय ब्यवस्थाकै पक्षमा देखिन्छ त ?
यो कुरा विल्कुल गलत, उहाँले संसदीय ब्यवस्था भन्नु नै भएको छैन । हामीले संविधानसभामार्फत नयाँ संविधान जारी गर्ने भनेका हौँ । जुन विषयमा छलफल भइरहेका छन्, समितिहरूबाट जुन प्रस्ताव आएका छन्, त्यसले प्रष्ट पार्छ- संसदीय ब्यवस्था बन्दैन । हो विवाद छ, लोकतन्त्रमा विवाद हुन्छ ।
लोकतान्त्रिक मुल्य र मान्यतालाई तपाईं अंगिकार गर्नुहुन्न ?
लोकतान्त्रिक मुल्य मान्यतालाई म स्वीकार गर्छर्ुु तर एउटाको लोकतन्त्रलाई परिभाषित गरेर नयाँ र अर्कोलाई पुरानो भन्नेचाहिँ कुन लोकतन्त्र हो- म आश्चर्यमा छु । लोकतन्त्रमा विचारको प्रतिष्पर्धा हुन्छ तर विचारको प्रतिष्पर्धामा अर्काको विचारलाई आक्षेप लगाउने कुन लोकतन्त्र हो ? संसदीय लोकतन्त्र कुरा गर्न त एकदमै राम्रो तर काम गर्ने बेलामा सबै शून्य ।
तपाईंजस्तो इमान्दर र बौद्धिक नेताले मुलुकको नेतृत्व गरेर अगाडि बढाउने कि जनविद्रोहमा जाने ?
तपाईंले ठिक कुरा भन्नुभयो, जनविद्रोह भनेको के हो भने शान्तिलाई असफल बनाउने प्रयास भयो भने, संविधानलाई असफल पारियो भने, जनताका हक स्थपित हुन सकेनन् भने त्यो बेला विद्रोह गर्ने भनेको हो । सर्तवद्ध विद्रोहको कुरा गरिएको हो । त्यो स्थिति आउन नदिउँ, जनताको संविधान निर्माण गरौँ । जनमुक्ती सेनाको सम्मानजनक समायोजन गरौँ । सबै मिलेर अगाडि जाउँ, कसले किन जनविद्रोह गर्ने ?
भनेपछि तपाईंले जनविद्रोहको लाइन छाड्नुहुन्छ ?
जनताको संविधान बनेपछि म जनविद्रोहको लाइन छाड्छु ।
अब माओवादी लोकतान्त्रिक मुल्य-मान्यता लिएर अगाडि बढ्छ ?
हाम्रो पार्टीले त लोकतान्त्रिक मुल्य-मान्यतालाई लिएर अगाडि आएको छ । कहिले नलिएको छ र भन्नुस् त ? हामीले भन्नेगरेको जनवादको अङ्ग्रेजीमा डेमोक्रेसी हुन्छ । काङ्ग्रेसले, एमालेले भन्नेगरेको लोकतन्त्रजस्तो होइन । जनताद्वारा जनताको लागि जनताले गर्ने शासनसहितको लोकतन्त्र नै हामीले चाहेको हो ।
अध्यक्ष प्रचण्डको कार्यदिशाले नेपाली कम्यूनिष्ट आन्दोलनलाई सफलतामा पुर्‍याउन सक्छ कि सक्दैन ?
हामीले एउटा कार्यदिशा तय गरेको छौँ । त्यो कार्यदिशाको नेताको रुपमा उहाँलाई मान्दै आइरहेका छौँ । त्यो कार्यदिशाले उहाँको नेतृत्वले क्रान्तिलाई सफलतातर्फ अगाडि लैजाओस् भन्ने हाम्रो चाहना हो । अर्को कुरा यसको सैद्धान्तिक पक्षमा गंभीरतापूर्वक सोच्न पर्छ भनेर मैले नोट अफ डिसेन्ट लेखेको छु ।
माआवादीभित्र संसदीय ब्यवस्थालाई पनि मानेर अगाडि बढ्नु पर्छ भन्ने धार छ नि, तपाईंचाहिँ किन विरोध गर्नुहुन्छ ?
माओवादीले संसदीय ब्यवस्था मान्दैन । जसले संसदीय ब्यवस्था मान्छु भनेर जान्छ त्यो आफै सिद्धिन्छ । प्रचण्ड र बाबुरामजीले पनि संसदीय ब्यवस्था मान्छु भनेर जानुभयो भने उहाँहरू पनि एक्लिनुहुन्छ । यो पार्टीमा यथास्थितिवाद र संसदीय ब्यवस्था मानेर जानुभयो भने प्रचण्डजी, बाबुरामजी एक्लिनुहुन्छ, कोही पनि रहनुहुन्न । हाम्रो लक्ष्य संसदवादमा जाने भन्ने हो, १० वर्षे जनयूद्ध केको लागि गरेको ? कम्यूनिष्ट पार्टी संसदीय ब्यवस्थाको लागि स्थापना भएकै होइन । हामीले ५० वर्ष केको लागि काम गरेको ? संसदीय ब्यवस्था माने भने त पार्टीका जोसुकै पनि नाङ्गन्िछन्, म नाङ्गन्िनँ । म क्रान्तिको लागि जान्छु भनेपछि म नाङ्गदिै नाङ्गिन्नँ । मैले लिएको लाइन ठिक छ । यो नै अन्तत: देश र जनताको लागि स्वीकार्य हुन्छ ।

चटकेहरूका कारण काङ्ग्रेसलाई अप्ठ्यारो पर्‍यो-केशवराज कँडेल
नेपाली काङ्ग्रेस महासमितिका सदस्य केशवराज कँडेल लोकतन्त्र स्थापनाको पाँच वर्षपछि देशको अवस्थाबाट खिन्न हुनुहुन्छ । काङ्ग्रेसले बीपीको विचारलाई परित्याग गर्नु ठूलो भूल थियो भन्ने धारणा राख्नुहुने कँडेलले घटना र विचारसँग कुरा गर्दै भन्नुभयो- ‘काङ्ग्रेस ओरालो लाग्यो ।’

० तपाईं त नेपाली काङ्ग्रेसको पुरानो मान्छे, हेर्दाहेर्दै काङ्ग्रेस ओरालो लाग्यो नि, किन होला ?
– तपाईंले भनेजस्तै म २१/२२ सालतिर क्याम्पस पढ्दादेखि नै विद्यार्थी आन्दोलनमा रहेको र काङ्ग्रेस प्रतिबन्धित रहेदेखि नै सक्रिय भएको व्यक्ति हुँ । र, अहिले पनि आफ्नो व्यवसायको बोझ रहँदारहँदै पनि कुनै न कुनै रूपमा पार्टीमा सक्रिय नै छु । यति पुरानो कार्यकर्ता हुनुको नाताले यस पार्टीका अनेक उतारचढावहरूसँग म परिचित छु र तपाईंले भनेजस्तै यतिबेला पार्टी ओरालो लागेको अनुभूति मलाई पनि भएको छ ।
० काङ्ग्रेस के कारणले ओरालो लागेको होला त ?
– नेपाली काङ्ग्रेसले यतिबेला प्रजातन्त्रको मात्र कुरा गरिरहेको छ, तर बीपी कोइरालाले प्रतिपादन गर्नुभएको जुन सिद्धान्त थियो त्यसको उपेक्षा गर्‍यो काङ्ग्रेसले । बीपीको व्यक्तित्व र उहाँको विचारका कारण ‘काङ्ग्रेसी’ बन्नेहरू धेरै छन् । मजस्ता व्यक्तिहरू थुपै्र छन् जो बीपीको मार्गदर्शनलाई शिरोधार्य गरेर पार्टीमा मरिमेटिरहेका छौँ । बीपीको आदर्शबाट अहिले नेपाली काङ्ग्रेस विचलित भएको छ । आफूलाई नेता भन्नेहरूले पद र स्वार्थका लागि जोसँग जतिसुकैबेला पनि सम्झौता गरिदिने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुर्‍याउँदै छ ।
० बीपीको विचार त गिरिजाप्रसाद कोइरालाले नै छोड्नुभएको हो नि, होइन र ?
– त्यसो भनिहाल्न त म सक्दिनँ । गणतन्त्रवादीसँग हातेमालो गरेकाले त्यस्तो लागेको होला, तर उहाँले परीक्षणका लागि त्यस्तो गर्नुभएको हो भन्ने मेरो बुझाइ छ । यर्सथ बीपीको विचार नै छोड्नुभएको आरोप लगाउन म चाहन्नँ । त्यो परीक्षणमा उहाँलाई निराशा हात लाग्यो, अथवा विश्वास गरेकाबाट धोका भयो उहाँलाई ।
० त्यसरी गिरिजाप्रसादलाई धोकाचाहिँ कसले दियो त ?
– जसले सच्चिएर लोकतान्त्रिक लाइनमा हिँड्छौँ भन्दै कोइरालासँग जङ्गलबाट उद्धार गरिदिन आग्रह गरेका थिए तिनै गणतन्त्रवादी साथीहरूबाट भयो नि धोका त !
० काङ्ग्रेस गणतन्त्रको पक्षमा गएर राम्रो भयो कि भएन, के लाग्छ तपाईंलाई ?
– मेरो विचारको कुरा गर्ने हो भने त गणतन्त्रको पक्षमा गएर काङ्ग्रेस आफैंलाई मात्र होइन देशलाई नै घाटा पुगेको छ । मैले त धेरै आन्दोलनहरू देखेँ, त्यसमा सहभागी पनि भएँ, तर हेर्दै जाँदा त आन्दोलनका उपलब्धि केही देखिएन अहिलेसम्म पनि । यस्तै भद्रगोल र राजनीतिक कचिङ्गलका लागि त किन चाहिन्थ्यो र आन्दोलन ? यस्तै भद्रगोलका लागि किन चाहिन्थ्यो र परिवर्तन ?
० तपाईं गणतन्त्रमा जानु उचित भएन भन्नुहुन्छ तर यही लाइनको चर्को वकालत गर्ने कृष्ण सिटौला पार्टीको महामन्त्री बन्नुभयो, गगन थापा र नरहरि आचार्यहरू केन्द्रीय सदस्य बन्नुभएको छ, के लाग्छ तपाईंलाई ?
– म दाबी गर्न सक्छु कि मेरो विचार या मलाई मनमा लागेकै कुरासँग सहमत हुने काङ्ग्रेसीहरू नब्बे प्रतिशत छन् । उहाँहरू त रत्नपार्कमा नक्कली औषधि बेच्ने चटकेले जस्तो चटके भाषण गरेर माथि परेका मात्र हुन् । यस्तो क्षणिक आकर्षण गर्ने भाषण गरेर मान्छे जम्मा गरेर देश र जनताको भलो हुँदैन, फगत तिनै २/४ जना नेतालाई लाभ मिल्नुसिवाय १
० अहिलेको काङ्ग्रेस नेतृत्वले पार्टीलाई पुरानै अवस्थामा अर्थात् सशक्त र आकर्षक दलको रूपमा पुनर्स्थापित गर्न सक्ला ?
– भागवण्डामा नअल्भिmई पार्टीलाई सशक्त तुल्याउने इमानदार प्रयत्न भए त त्यो काम सम्भव छ । तीसौँ-चालीसौँ वर्षदेखि सुशीलदासँग मेरो सङ्गत छ, उहाँ इमानदार, त्यागी र सक्षम नेता हुनुहुन्छ । उहाँ यदि अहिले पनि इमानदारीपूर्वक लागिरहनुभएको छ र अन्य नेताहरूले पनि स्वार्थजति तिलाञ्जली दिएर इमानदार सहयोग गर्न चाहे भने पुरानै अवस्थामा पुर्‍याउन नसकिने होइन ।
० तपाईंले भनेको पुरानो अवस्था काङ्ग्रेसलाई संवैधानिक राजतन्त्रको पक्षपाती तुल्याउने भन्ने त होइन ?
– संवैधानिक राजतन्त्रकै कुरा फेरि स्थापित गर्ने भन्ने सवालमा त राजनीतिक वातावरण धेरै नै खल्बलिइसक्यो । त्यसो भए पनि राजसंस्था नै खराब हो वा थियो भन्न त म सक्दिनँ, व्यक्ति कोही खराब थिए होलान्- त्यो बेग्लै कुरा हो । संस्थालाई दोष दिनु उचित होइन । बेलायत हामीभन्दा पढेलेखेका समृद्ध नागरिकको देश हो, तर राजसंस्था र त्यो परिवारका सदस्यप्रति कत्रो आस्था र लगाव छ भन्ने त भर्खरै भएको राजकुमारको विवाहबाटै पनि प्रस्ट छ नि ? गिरिजाबाबुले अघि सार्नुभएको बेबी किङको अवधारणा राम्रो थियो, त्यसअनुसार व्यवस्था भएको भए नेपालले अहिले दुरि्दन भोग्नु पर्दैनथ्यो कि ?
० अब पनि त्यस्तो सम्भव होला जस्तो लाग्छ तपाईंलाई ?
– सबै मिलेर गरे असम्भवै त छैन नि १ बेलायतमा पनि लखेटिएका राजालाई ल्याएर राखेका होइनन् र जनताले । खै त त्यो देश ओह्रालो लागेन त !