काङ्ग्रेसको लोकजागरण अभियान र अवसर

काङ्ग्रेसको लोकजागरण अभियान र अवसर


समयमै लोकतान्त्रिक संविधान ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले नेपाली काङ्ग्रेसले सञ्चालन गरेको लोकजागरण अभियान जेठ १४ को समय-सीमाभित्र संविधान जारी गराउन अर्समर्थ रहने पक्कापक्की छ । काङ्ग्रेसको लोकजागरण अभियानमा कमी-कमजोरी रहेर समयमा संविधान आउन नसक्ने भएकोचाहिँ होइन । संविधान निर्माणसँग सम्बन्धित अत्यन्त जिम्मेवार पक्षहरू नै लापरवाहपूर्ण व्यवहारबाट अघिबढ्न खोजिरहेको सन्दर्भमा काङ्ग्रेस एक्लैले जति नै प्रयास गरे पनि संविधान निर्माण कार्यले मूर्तरूप पाउन नसक्ने घामजत्तिकै र्छलङ्ग थियो नै । डेढ महिना मात्र म्याद बाँकी रहेको परिवेशमा कुनै दलविशेषले जागरण अभियान सुरु गर्दैमा संविधान निर्माण कार्य सुनिश्चित हुन्छ भन्ने पनि होइन । नेपाली काङ्ग्रेसजस्तो अनुभवी राजनीतिक दलले यो नबुझेको पक्कै थिएन । तथापि, समयमा संविधान निर्माण गर्न दबाब दिने बहानामै काङ्ग्रेस जनता जगाउने अभियानमा सरिक भयो र जेठमा संविधान नबने पनि नेपाली काङ्ग्रेसको लोकजागरण अभियानचाहिँ र्व्यर्थ सिद्ध नहुने देखिएको छ । विरोधाभाषयुक्त प्रतीत भए पनि यो यथार्थ हो । किनकि, जुन उद्देश्यले काङ्ग्रेस जनतामाझ ओर्लिएको हो त्यो सिद्ध हुन नसक्ने त सबैले लगभग स्वीकार गरिसकेकै छन् । अर्थात्, जेठ १४ भित्र संविधानको खाकासम्म पनि तयार हुन नसक्ने वास्तविकताको जगमा उभिएर नै प्रमुख राजनीतिक दलहरूले म्याद थपको प्रस्ताव अघिसार्न थालेका हुन् । तोकिएको तिथिमा संविधान बन्ने अवस्था थियो र दलका नेतृत्वलाई विश्वास पनि थियो भने त संविधानसभाको अवधि बढाउने प्रसङ्ग अगाडि आउने नै थिएन ।
तर, लोकजागरण अभियानले काङ्ग्रेसलाई भने अत्यन्त लाभ पुर्‍याएको सर्वत्र महसुस गरिएको छ । बाह्रौँ महाधिवेशनपछि काङ्ग्रेस तप्कामा पार्टीप्रति जुन आशा र विश्वास जगृत भएको थियो- महाधिवेशन समाप्तिको केही दिनमै त्यसमा कालो बादल मडारिन थालिसकेको थियो । काङ्ग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने आमकार्यकर्ताको चाहना तथा महाधिवेशनको म्यान्डेटविपरीत पदीय लुछाचुँडी र एक-आपसमा लाञ्छनाको दोहोरी नै मच्चियो । यसबाट पार्टीलाई सशक्त र मुलुकको राजनीतिमा अग्रस्थानमा देख्न चाहने इमानदार कार्यकर्तामा पुन: निराशा छाएको र काङ्ग्रेसको अस्तित्व नै धरापमा पर्न लागेको थियो । मुलुकमा उग्रवामपन्थी हलचल बढेको र त्यो धार नै देशको मूल राजनीतिक धारका रूपमा विकसित हुँदै गएको परिवेशबीच काङ्ग्रेस भने पुरानै सोच-शैलीमा आपसी लडाइँमा अल्भिmनु घोर निराशादायी सन्दर्भ नै थियो । यसबाट जनताबीच दलको छवि थप धमिलिने र बिस्तारै राष्ट्रिय राजनीतिक मञ्चबाट ओझेलिनुपर्ने सम्भावना पनि हर्ुकने निश्चितजस्तै थियो । तर, पछिल्ला केही दिनयता पार्टीमा पुन: सहमति र मेलमिलापको वातावरण सिर्जना हुन पुगेको र आपसी मतमतान्तरलाई ओझेल पार्दै जनतामाझ पुग्ने अभ्यासमा एकोहोरिएबाट पुन: काङ्ग्रेसमा प्राण भरिन लागेको अनुभूति गरिँदै छ । लोकजागरण अभियानका सन्दर्भमा कार्यकर्तामा पैदा भएको उत्साह तथा जनताले दर्शाएको साथ-सहयोग काङ्ग्रेसका निम्ति महत्त्वपूर्ण ऊर्जा हो ।
त्यसो त लोकतन्त्रको विरासतमा झ्याँगिँदै आएको नेपाली काङ्ग्रेसमाथि कम्युनिस्ट लहरका कारण मौलाएको दल या आफ्नै विशेष सामर्थ्यले भन्दा पनि उग्रवामपन्थी तथा उग्रदक्षिणपन्थीहरूको उपस्थितिले गर्दा अस्तित्वमा रहेको दलको आक्षेप लाग्दै आएको छ । देशमा समय सुहाउँदो अर्को लोकतान्त्रिक दलको उद्भव नभएकै कारण काङ्ग्रेसलाई चिट्ठा परिरहेको तर्क गर्नेहरूको जमात बढ्दो छ । यो वास्तविकता बेलैमा बुझेर आफ्नो ऐतिहासिक मौलिक पहिचान कायम राख्दै अपडेट गर्न नसके यस दलको शिरमाथि हरदम तरबार झुन्डिरहेकै मान्नुपर्छ । तैपनि मौका अझै बाँकी छ भन्नेचाहिँ हालै काङ्ग्रेस आयोजित लोकजागरण सभाहरूले सङ्केत गरेका छन् । राजनीतिमा सही मौकामा सही निर्णय गर्न सकिए अवसरले पच्छ्याइरहन्छ भन्ने त स्थापित मान्यता नै हो । अत्यन्त विषम राजनीतिक परिवेशमा दलले आफ्नो औचित्य सावित गर्ने अवसर झन् बढ्ता पाउँछ । वर्तमान परिवेशलाई काङ्ग्रेसले पनि यस्तै अवसरका रूपमा सदुपयोग गर्न सक्नुपर्छ ।