आइएमई र भेनसबीच सम्झौता

आइएमई र भेनसबीच सम्झौता


काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुट पाउनेछन् । यो छुट सुविधा अस्पतालभित्रको सेवामा मात्र लागु हुनेछ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राही र कर्मचारी दुवैले जम्मा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

सेवाग्राहीहरू हकमा यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्ने कम्पनीले जनाएको छ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।