पानी सर्केर कैदीको मृत्यु

पानी सर्केर कैदीको मृत्यु


दिन आइपुगेपछि मृत्यु हुन ठूलो रोग र निहँुको आवश्यकता पर्दैन । यस्तै भएको छ जिल्ला कारागार कार्यालय रामेछापमा ।

लागुऔषध मुद्दामा ६ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको पानी सर्केर मृत्यु भएको छ ।

पानी खानेबेलामा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आज मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिए । ०६९ चैत १२ गते कैद परेका श्रेष्ठलाई ०७३ माघ १३ गते रुपन्देही जिल्लाबाट रामेछाप कारागारमा सारिएको थियो ।