कलंकी क्षेत्रमा ७ घण्टा विद्युत सेवा प्रभावित हुने

कलंकी क्षेत्रमा ७ घण्टा विद्युत सेवा प्रभावित हुने


आज कलंकी क्षेत्रमा ७ घन्टा विद्युत आपूर्ति बन्द गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

कलंकी नागढुङ्गा सडक खण्डको ढुङ्गे अड्डा हुँदै तीनथाना बसपार्कसम्म लाइन स्थानान्तरण तथा व्यवस्थापनको कामका लागि आपूर्ति बन्द गर्न लागिएको हो ।

प्राधिकरणको स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरको सेवा दिनभर प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । विद्युत सेवा अवरुद्ध हुँदा तीनथान, नैकाप, सतुङ्गललगायत स्थानको सेवा प्रभावित हुनेछ ।

लाइन स्थानान्तरण तथा व्यवस्थापनको काम पूरा भएपछि साँझ ५ बजेदेखि सेवा सुचारु गरिने प्राधिकरणले जनाएको छ ।