हावाहुरीसहित आएको असिनापानीले धानबाली र व्यावसायिक तरकारी खेतीमा क्षति

हावाहुरीसहित आएको असिनापानीले धानबाली र व्यावसायिक तरकारी खेतीमा क्षति


कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ ।

आइतबार परेको असिनापानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको राम्जाका केही भागमा धानबालीमा क्षति पु¥याएको कृषकले बताएका छन् । असिनाले पाक्ने बेलाको धान झार्नुका साथै हावाले धानबाली ढलाएको ठूलीपोखरीका रमेश शर्माले बताए ।

यहाँका धेरै ठाउँमा व्यावसायिक रूपमा लगाइएको काउली, बन्दागोभी, सिमी, बोडी, फर्सी, काँक्रो, घिरौलालगायतमा पनि क्षति पुगेको छ । राम्जादेउरालीमा धानखेतीमा असिनापानी र हावाहुरीले क्षति पु¥याएको स्थानीयवासी रामप्रसाद शर्माले बताए । उत्पादनमा कमी आउने भन्दै कृषक चिन्तित बनेका छन् । असिनाले नगदेबाली र अन्नबाली नष्ट गरेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले क्षतिको विवरण संकलन भइरहेको बताए । उनका अनुसार ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा असिनापानीले क्षति पु¥याएको छ । प्रभावित क्षेत्रका कृषि जेटीएलाई विस्तृत विवरण संकलनका लागि पठाइएको छ ।