नवलपरासीमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, ५१ घाइते

नवलपरासीमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, ५१ घाइते


पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु.१ख ८४ ५४ नम्बरको बस आज बिहान ५ बजे अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खस्दा बसमा सवार पाँचजनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । मृतकहरूको नाम, ठेगाना खुल्न सकेको छैन ।

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।