एनआईसी एसिया बैंकको सीईओमा न्यौपाने

एनआईसी एसिया बैंकको सीईओमा न्यौपाने


रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । आईबार बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कामु सीईओ न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो ।

तत्कालिन सीईओ लक्ष्मण रिसालको राजीनामा स्वीकृतपछि न्यौपानेले कामु सीईओको जिम्मेबार सम्हाल्दै आएका थिए ।

न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको बैंकका सहायक सीईओ सुधीरनाथ पाण्डेले बताए ।