सभामुख कृष्णबहादुर महराले संसदभित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पुऱ्याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिएका छन् ।
संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचितत पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै सभामुख महराले संसद जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने उच्चतम थलो भएकाले यहाँ भएका जीवन्त छलफललाई जनतासामु पु¥याएर रचनात्मक सहयोग पुऱ्याउन आग्रह गरे ।
सभामुख महराले भने, ‘पत्रकारलाई आरोप छ, जहिले पनि प्रतिपक्षजस्तो मात्रै हुने, रचनात्मक ढंगले आलोचना र सुझाव दिएर तपाईंहरूले सहयोग गर्नुपर्छ, जनता र राज्यको पक्षमा उभिएर सञ्चार जगतले सहयोग पुऱ्याओस् भन्ने हामीले अपेक्षा गरेका छौँ ।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताका सरोकारलाई पारदर्शी ढंगबाट अघि बढ्दा लोकतन्त्रको सुदृढीकरण हुने भएकाले त्यसतर्फ काम गर्न पत्रकारलाई सुझाव दिए । आयोजक समितिका संयोजक नरेन्द्र साउदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचित पदाधिकारीलाई सभामुख महराले प्रमाणपत्र प्रदान गरे ।
यही पुस १ गते भएको संसदीय मामिला पत्रकार समाजको निर्वाचनबाट गोरखापत्रका समाचारदाता नारायण काफ्लेको नेतृत्वमा १३ सदस्सीय कार्यसमिति चयन भएको थियो ।
प्रतिक्रिया