हिउँदे अधिवेशनमा प्रभावकारी भूमिका खेल्ने नेकपाको निर्णय

हिउँदे अधिवेशनमा प्रभावकारी भूमिका खेल्ने नेकपाको निर्णय


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज बसेको बैठकले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संसद अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका संसदलाई निर्देशन दिएको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । बैठकले दलको विधानसमेत पारित गरेको उनले बताए । संघीय संसदको तेस्रो अधिवेशन आजदेखि प्रारम्भ भएको हो ।