मेलम्ची आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले केही दिनअघि काम छाडेको घोषणा गरेपछि अब मेलम्चीको पानी कहिले काठमाडौंमा आउँछ भन्ने अनिश्चित बनेको छ ।
आज (बिहीबार) संसदको विकास समितिमा सांसदहरूले यसबारे कुरा उठाएपछि खानेपानीमन्त्री विना मगरले पनि अब पानी आउने भएपछि मात्र यसको मिति तोक्ने बताएपछि मेलम्ची आउने मिति अन्योलमा परेको हो ।
अघिल्लो महिना खानेपानी सचिव गजेन्द्र ठाकुरले दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेकै केही दिनमा मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनीले काम छाडेको घोषणा गरेको थियो । तर, मन्त्री विना मगरले पुरानै ठेकेदार कम्पनीलाई बाँकी काम लगाउने बताइन् । उसले काम नगरे मात्र विकल्प खोज्ने मन्त्री मगरको भनाइ छ ।
प्रतिक्रिया