झुटको खेती कहिलेसम्म ?-३

झुटको खेती कहिलेसम्म ?-३


-विश्वम्भर चञ्चल
नयाँ नेपालमा मुखको ठेगान कसैको भएन । अरू त अरू सत्ताधारी नेताले नै तत्कालीन विपक्षीको बोली बोले । संविधानसभामा रहेका सर्त्ताईस दलमध्ये बाईस-तर्ेइस दलको सहयोग पाएका आफ्नै पार्टीका प्रधानमन्त्रीको राजीनामा दिन लगाए । राष्ट्रिय सहमति, शान्ति स्थापना र संविधानलेखनको पूर्णतामा अर्जुनदृष्टिको रट लगाइरहे । देशलाई सात-सात महिनासम्म प्रधानमन्त्रीविहीन बनाए र अन्ततोगत्वा आफ्नै पालाका विपक्षीसँग मिलेर खुसुक्क अँध्यारो कोठामा बसी गोप्य सहमति गर्दै चटकी तालले नै प्रधानमन्त्री बने । तापनि आफ्नै पार्टीभित्र पनि झुटको भ्रम फैलाउन छोडेनन् भने झन्डै तीन करोड जनताको विश्वास यिनीहरू कसैले पनि कसरी जित्लान् – त्यसैले त तीन बुँदे सहमतिको एकवर्षो कार्यकाल सकेर पुनः पाँचबँुदे सहमति गरी संविधानसभाको म्याद अरू तीन महिना थप्ने कपाली तमसुकको मसी सुक्न नपाउँदै, त्यो पनि २०६३ सालको अन्तरिम संविधानको आठौँ संशोधनले दिएको एक वर्षको म्याद सिद्धिएर अर्को दिन लागिसकेपछिको नवौँ संशोधनले थपेको त्यही तीनमहिने म्यादकै र्सतका बुँदामा पनि तत्कालैदेखि यिनीहरू फेरि आ-आफ्नै मानै लगाएर जनतामा पूरा झुटको खेती र्छनमै व्यस्त छन् । यिनीहरूले यस्ता झुटको खेती बढीभन्दा बढी गर्न लागेका त २०६२ सालदेखि नै हो जसरी त्यसै साल मंसिरको बाह्रबुँदे दिल्ली सम्झौताको बाह्रबुँदेले माओवादी र अन्य दलमा फरक-फरक धारणा ल्यायो र २०६३ को मंसिरको विस्तृत शान्तिसम्झौताका वाक्यले पनि अहिलेसम्म सबैको गाँड कोरिरहेकै छ । अन्य कतिपय दल वा झुन्डसँग गरिएका कतिपय समयका कतिपय सम्झौता र स्वयम् माओवादीसँग भएका र उसले कवोल गरेका अनेकौँ ती भाकाहरू पनि सब त्यस्तै छन् । सब हतारमा र विचार नपुर्‍याई गरिएका, बढी लोकप्रियताको लालचमा बोलिएका वा आफ्नो सत्ता प्राप्तिका लागि रचिएका जालसाजीका अस्पष्ट भाका र व्यहोरामा जनताका माझ रोपिएका झुटका खेती । अब भन्नोस्- जहाँ सधैं झुटको खेती गरिन्छ त्यसबाट उब्जनी भएको बालीमा के फल्ला – अहिले देशको अवस्था पूरा त्यस्तै भएको छ अर्थात् झुटमय…. । ढाँटे यसपालि पनि यी निरीह र सोझासाझा जनतालाई नराम्र्ररी यी देशका नेता भनाउँदाहरूले र ‘बाँडीचुँडी भागबन्डा, जयनेपाल’ गरे काङ्ग्रेसीजनहरूले पनि । नौ दिन अघिमात्र टुँडीखेलमा ‘अब उधारो आश्वासनमा होइन, छन्छनी नगदी गनेर कारोबार गरिन्छ’ भनेर माओवादीले २०६२ मंसिरको बाह्रबँुदे सहमतिदेखि त्यस दिनसम्ममा गरेका झुटका खेतीको फेहरिस्त सुनाउँदै जनताबाट ताली पाएकाहरू र केही समयअघिसम्म मात्र ‘हाम्रोे बटमलाइन यही हो’ भन्दै माओवादीका हतियारलाई नै अर्जुनदृष्टि लगाइरहेका बहादुरहरूले पनि अन्ततोगत्वा दिनको भोक र रातको न्रि्रा मारेर भए पनि के गरे भन्दाखेरि फेरि उही जनतालाई ढाँट्ने नै काम गरे । निर्लज्ज अझ यिनीहरू भन्दै छन्, ‘यसपालि हामीले ढाँटेको होइन है । यसको साक्षी पूरा व्यवस्थापिका संसद् छ ।’ तर जनता अर्को यो कपाली तमसुकप्रति कत्ति पनि विश्वस्त हुन सकिरहेका छैनन् ।
जनताले विश्वास गरून् पनि कसरी र कोसँग – पहिलेपहिलेका कुरा त छोडिदिउँm । राजा वीरेन्द्रको देहावसानपछिकै कुरा लिँदा पनि यी पार्टी पार्टीले भनेका कुरा राजा ज्ञानेन्द्रले कही समय त मानेकै थिए तर देशको स्थिति झन्झन् बिग्रँदै गयो । माओवादीबाट भएको हत्या र हिंसाको राजनीति पनि बन्द हुन सकेन र ‘हामी नोकरसँग होइन मालिकसँग कुरा गर्र्छौँ’ भनेर उनीहरूले नै भने । यसले राजालाई झवाँक पनि चलायो मालिक बनेरै देखाउन र पुरानो तीनवर्षो राजा हँुदाको धङ्धङीले छोडेको पनि थिएन । बाबु र दाजुले चलाएका तीसवर्षो पञ्चायती सत्ता देखेकै थिए उनले र पैसाको स्वाद कुस्त पाएकै थिए । यसैले लिए जनताको शासन आफ्नै हातमा र भने ‘देश र जनताकै हितका लगि मैले यो कदम चालेको हँु ।’ तर जनताले उनीमाथि विश्वास गरेनन् । भने फेरि उनैले कुनै सञ्चारमाध्यममार्फत ‘मैले देश र जनताका लागि गरेको कार्यमा अन्तर्देशीय र अन्तर्राष्ट्रिय समुदायसमेतलाई विश्वास दिलाउन सकिनँ र म असफल भएँ….।’
उता गिरिजाप्रसाद कोइरालाले पनि राजाबाट संसद्को पुनर्स्थापना हुनेबित्तिकै देशको सब समस्या चट् हुन्छ भनेर चटकी बोली बोले । ‘सौताको रिसले पोइको नाक काट्ने’ भन्या जसरी सात आन्दोलनकारीका अगुवा नेता बनेर भारतको सहायतामा माओवादीसँग बाह्रबँुदै नामको सहमति गरे र भारतकै आश्वासनमा राजा ज्ञानेन्द्रले यी सात पार्टीको विश्वास गरी संसद्को पुनर्स्थापना पनि गरिदिए । देशी-विदेशी सबले यस कदमको तत्कालै स्वागत गरिहाले तापनि पुनः अचम्मकासाथ पासा पल्टियो । ज-जसले जे-जे भने सोही-सोही व्यहोरोको कागजमा वाचन गर्न राजालाई करै लाग्यो । तर पनि ‘ऋण लागे तिर्न सकिन्छ, दिन लागे कसैको केही लाग्दैन’ भन्याभैँm ‘राजाको अगाडि बाबाको दुहाइ’ भन्ने उक्ति नै ठीक विपरीत दिशामा बगिदियो र स्वयम् राजाको नै केही लागेन । यसैले त उनले कुनै सञ्चारमाध्यममार्फत फेरि आफ्नो गुनासो पोखे ‘मलाई यिनीहरूबाट धोका भयोे… ।’ उनले यो अमर्ूत शब्द बोलेर धेरैलाई थाहा भएको कुरा संस्मरण त गराए तर ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’ भनेझैँ यिनको कुरा कसले सुन्ने – कसले पत्याउने –
अन्ततोगत्वा जुन गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्रबाटै पुनर्जीवित संसद्को शपथ लिए, जुन गिरिजाप्रसाद कोइरालाले स्वयम् उनका दाजु विश्वेश्वरप्रसाद कोइरालाबाट राजनीतिक प्रशिक्षण पाए, उनकै पालामा र उनै दाजुले प्रतिपादन गरेको प्रजातान्त्रिक मूल्य र मान्यतालाई लछारो लाउँदै र नेपाली काङ्ग्रेसले अख्तियार गर्दै आएको मूल बाटोबाट नै विचलित हँुदै तत्कालीन राजा ज्ञानेन्द्रको शासनसत्ता मात्र होइन, नेपालको इतिहासबाट शाहवंशको जगै उखेलिन्छ भनेर कसैले पनि सोचेका थिएनन् † भन्नेहरू भन्छन्- त्यस्ता कुरा जनआन्दोलन दोस्रोको नारा बनेकै थिएन न त सात आन्दोलनकारीको प्रमुख माग नै थियो त्यो । अब भन्नोस्- कसले कसको विश्वास गर्ने – गिरिजाप्रसादलाई कसले दोष दियो – उनी त झन् नायक बने विश्वकै र नेपालका प्रथम राष्ट्रपति हुने आशा पनि जगाए जसरी माओवादी अध्यक्ष कमरेड पुष्पकमल दाहालको जागेको थियो । त्यसैले त उनका विशाल फोटोहरू ठाउँ-ठाउँमा ठड्याइए, भित्ताभित्तामा कोरिए र तुलतुलमा टाँगिए- गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको संज्ञा दिएर ‘बच्चा नजन्मिँदै भोटो सिलाउने’ जस्तोगरी । त्यसैलाई देखेर नै हो एकीकृत माओवादी, लेलिनवादीका नेता माधव नेपालले उनलाई ‘भित्ते राष्ट्रपति’को संज्ञा दिएका । उता, गिरिजाप्रसाद कोइरालाले जसलाई विश्वास गरे र नेपालको शाहवंशको इतिहासलाई समेत निमिट्यान्न पार्न जसको मद्दतले आँट गरे उसैले उनलाई पनि राष्ट्रपति हुनबाट रोकिदियो र अधुरो इच्छामा नै उनको मृत्यु भयो । तर, उनको देनको सुखसयलको स्वाद भने माओवादी र एमालेलगायत भुरे-टाकुरे पार्टीहरूले पनि चाख्न पाइरहेकै छन् । त्यसमाथि माओवादी त अहिले जनताबाटै चुनिएर व्यवस्थापिका संसद्भित्र सबभन्दा ठूलो पार्टीको रूपमा प्रतिष्ठित छ- पूर्ण सुविधाका साथ । ए बाबा † सत्ताको स्वाद पाइसकेपछि कहाँ सम्झनु अब उनीहरूले जनताका बीच वाचेका आफ्ना भाकाहरू – उता भने उनीहरूलाई भोट हालेर पठाउने जनता के-के न गर्लान् यिनीहरूले भनेर आशा लिएर बसेका बस्यै छन्- थाप्लो र डडाल्नुमा उठेका ठेलाहरू सुमसुम्याउँदै, आफ्ना र केटकेटीका नाङ्गो आङमा पानी र घाम चुहिएका छाना हेरेर बिहान-बेलुकाको गाँसको प्रतीक्षा गर्दै । यी भोटालुका लागि त केवल ‘संविधानले के दिन्छ आमैरबाबा -‘ भनेर कसैले सोध्यो भने ‘खोइ हाम्रो नेताले भन्याका संविधानले हामीलाई खान दिन्छन्, लाउन दिन्छन्, सुख दिन्छन् अरे’ भनेर मात्र बस्नुपरेको छ बिचराहरूलाई । बस, यी जनताको यस्तै अबोधपनमा, निरीहपनमा त रमाइरहेका छन् यी नेताहरू उनीहरूका बीच राम्रै झुटको खेती छरेर । किनकि यसैमा उनीहरूका लागि ‘दस पैसामा बाह्रैमज्जा’ भएको छ । आखिर जसरी आऊन्, जे गरी आऊन् उनीहरू माननीय नै कहलाइहालेका छन् र मासिक चालीस-पचास हजार र अरू के-के सुविधा पनि बुत्याएकै छन् भने यो संविधान नै किन बनाउनुपर्‍यो र – संविधान मात्रले जनतालाई खान दिने होइन, लाउन दिने होइन, उनीहरू यसै ठान्छन् । हुन पनि हो † बिचराहरू अझै आपैँm भोकै छन्- चराका बचेराले हाँ…हाँ…हाँ…गर्दै मुख बाएका जस्तै गरी… † होइन भने किन त उनीहरूले २०६८ सालको जेठ १५ गतेको बिहानीपख तीन नेताको ल्याप्चे तमसुकमाथि कुरै नबुझी र न्रि्राको तन्द्रैमा ताली ठटाएर साक्षी बस्न पुगेका – यो तथ्य माओवादी सभासद्लाई मात्र होइन सबै दलका सभासद्लाई लागू भयाको छ- चेतना भया… पञ्चतन्त्रको उक्ति जस्तैगरी ‘बुभुक्षित किँ नकरोति पापं…। कसैलाई थाहा छैन ती पाँचबँुदे अमर्ूत वाक्यहरूभित्र लुकेका यथार्थ । होइन भने त्यसमा ल्याप्चे लागेको तत्कालैदेखिको फेरि थरीथरीका विवाद उठ्नु नपर्ने थियो । त्यसैले भन्न मन लाग्छ- अहिलेको यो २०६८ सालको जेठ १५ गतेको बिहानीको पाँचबँुदे सम्झौता पनि ‘सेम’ उही हो ०६७ सालको जेठ १४ गते राती बाह्र बजेको तीनबँुदे सहमतिजस्तै जनता भुलाउने बाटो र आफ्नै सत्ताको लालचाले डोर्‍याएको । यसबारे केही पहिले पत्रकार विजयकुमार पाण्डेले नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा नेपाली राजनीतिका इमानदार व्यक्तित्व स्व. कृष्णप्रसाद भट्टर्राईले उहाँलाई कुनै दिन भन्नुभएको भनेर ‘कान्तिपुर’ दैनिकमा अभिव्यक्त लेखको आसय पनि म यहाँनेर उद्धृत गर्न चाहन्छु । उहाँ लेख्नुहुन्छ- ‘राजनीतिज्ञ भनेका बिकनी लगाएका तरुनीजस्तै हुन् । उनीहरूले लगाएका बिकनी त केवल मानिसलाई आकर्षण गर्ने साधन मात्र हो । तर, साध्य त त्यस पहिरनले छोपेको अङ्ग नै प्रमुख हो ।’
तर पनि आशा गरौँ गत जेठ १५ बिहानको यी अमर्ूतरूपका सहमतिले भए पनि नेपालमा व्रि्रोहको अन्त्य भई शान्ति छाओस् र लोकतान्त्रिक संविधान समयमै जारी होस् † भगवान्सँग प्रार्थना छ- यस देशबाट झुटको खेतीको सदा-सदाका लागि अवसान होस्, देशले सुनौलो भविष्य कोर्ने र जनताका लागिको संविधान बनोस् । अस्तु