आजको पञ्चाङ्ग एवम् राशिफल (२६ माघ २०७५ शनिबार, ९ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ माघ २०७५ शनिबार, ९ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ माघ २६ गते शनिबार तद्अनुसार सन् २०१९ फरवरी ९ तारिख माघ शुक्लपक्ष चतुर्थी तिथि ९ः२१ पर पञ्चमी तिथि उत्तराभाद्रपद नक्षत्र १४ः५२ पर रेवती नक्षत्र सिद्धि योग १०ः०१ पर साध्य योग बब करण आन्दादिमा धूम्र योग चन्द्रमा मीन राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः४८ मा भयो र सूर्यास्त साँझ १७ः४९ मा हुनेछ ।

मीन राशिको भद्रा भूमि लोकमा रहने हुँदा विहान ९ः२१ बजेसम्म शुभ कार्यमा बाधा रहला । शुभ समय अभिजित– ११ः५६ देखि १२ः४०, अशुभ समय राहुकाल– ९ः३२ देखि १०ः५५, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – रातिदेखि चन्द्रमा १२औं स्थानमा भ्रमणशील रहेकोले खर्च र लगानी बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण गर्नुको साथै हासविलासमा पनि रुची बढ्नेछ । कुनै महत्वपूर्ण वस्तु नहराओस् भनेर ध्यान राख्नुपर्ला । सुख–सुविधाको वस्तुको र विलासको वस्तुमा धन खर्च हुनेछ । भूलचुक गरेमा बोली पश्चाताप गर्नुपर्ला । कुनै महत्वपूर्ण वस्तु हराउने डर पनि रहनेछ । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला ।

बृष राशि – अन्न धन वृद्धि होला । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – चन्द्रमा राशिदेखि कर्मस्थानमा भ्रमणशील भएको हुँदा कर्हुमयोगी रहनुहुनेछ । कारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ भेट्ने छ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । मन अनुकूल कार्य बनेर मन प्रशन्न भइहाल्नेछ । विजयश्री मिल्ने छ ।

कर्कट राशि – समय शुभ र भाग्यवर्धक छ । धर्मकर्ममा रुची बढ्नुसँगै तीर्थयात्रा पनि गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । दुरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुखशान्ति बढ्नेछ ।

सिंह राशि – चन्द्रमा आठौँ स्थानमा भ्रमणशील भएको हुँदा कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ । शारीरिक र आर्थिक जोखिमको कार्यमा सचेत रहनुपर्ला । नियम कानुनलाई उपेक्षा गर्नु, लोभलालचमा परेर कार्य गर्नु उचित हुने छैन । स्वास्थ्यमा र चोटपटक लाग्ने कुराप्रति सचेत रहनुपर्ला ।

कन्या राशि – चन्द्रमा सातौं स्थानमा भ्रमणशील छ । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भजन पाउनुहुनेछ । जीवनसाथीको सहयोग मिल्नेछ । हासविलासमा रुची बढ्नेछ । ख्याती फैलिनेछ ।

तुला राशि – स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित गर्ने क्षमता बढ्नेछ ।

वृश्चिक राशि – प्रेममा सफलता पाउनुहुनेछ । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख वृद्धि होला । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । प्रेम मिलन हुनेछ ।

धनु राशि – चन्द्रमा चतुर्थ स्थानमा भ्रमणशील छ । भागदौड बनी राख्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग भेट्ने छ ।

कुम्भ राशि – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ ।

मीन राशि – समय शुभ भाग्यवर्धक छ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याती फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।

साताको राशि पनि हेर्नुहोस्–

साताको राशिफल (माघ २६–फाल्गुण ३ सम्म, फरवरी ९–१५ सम्म)

https://ghatanarabichar.com/136993