आजको पञ्चाङ्ग एवम् राशिफल (२७ माघ २०७५ आइतबार, १० फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ माघ २०७५ आइतबार, १० फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणेश्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु विरोधकृत नामक संवत्सर वि.सं. २०७५ माघ २७ गते तद्अनुसार सन् २०१९ फरवरी १० तारिख आइतबार माघ शुक्लपक्ष पञ्चमी तिथि १०ः२६ पर षष्ठी तिथि रेवती नक्षत्र १६ः२२ पर अश्विनी नक्षत्र साध्य योग ९ः४२ पर शुभ योग कौलव करण ७ः५६ आनन्दादिमा प्रवर्द्धन योग चन्द्रमा मीनमा दिउँसो १६ः२२ बजेसम्म पर मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः४७ मा भयो र सूर्यास्त साँझ १७ः५० मा हुनेछ । शुभ समय अभिजित– ११ः५६ देखि १२ः४० राहु काल– १६ः२८ देखि १७ः५१ दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति र पदोन्नति हुनेछ । यात्रा होला । धर्मकर्ममा आकर्षण होला । सुख आनन्द बढ्नेछ । विद्या बुद्धि बढ्ला । कला, साहित्य, बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र सन्तति–सुख बढ्नेछ । गीत–संगीतमा रुचि बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – नियम–कानूनलाई ध्यानमा राख्नु उचित हुनेछ । खर्च बढेको लाग्ला । जोखिममा नपर्नु उचित होला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । देखा परेको समस्याको समाधान खोज्नुहुनेछ, यद्यपि आज बढि नै मिहेनत गर्नुपर्ला । रसरागमा रुची बढ्नेछ । सामानहरू नहराओस् भनेर ध्यान राख्नुपर्ला । सोचिविचारी काम गर्नुपर्ला र स्वास्थ्यमा पनि ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला ।

मिथुन राशि – आयस्रोत बढ्नेछ । धनसम्पत्तिमा वृद्धि होला । आर्थिक काम बन्नेछ । लगानी उठ्ने छ । साझेदारीको काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आँट उत्साह बढ्नेछ । सुख सम्पति बढ्ला । यात्रामा सफलता मिल्ला । ऐश्वर्य वृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ । जीवनसाथीको सहयोग मिल्ला ।

कर्कट राशि – साहसिक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । उच्च अधिकारीको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । धन मान सुख सम्पति बढ्नेछ । वार्तामा सफल हुनुहुनेछ । सभा–समारोहमा भाग लिनुहुनेछ । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । रोकिएको काम बन्नेछ ।

सिंह राशि – यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । महत्व बढ्नेछ र ख्याति पनि फैलिने छ । ग्रहगोचर शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द वृद्धि होला । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । इष्टमित्रको सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नुको साथै सन्तान सुख पनि प्राप्त हुनेछ ।

कन्या राशि – भागदौड चलिरहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । नियम–कानुनलाई ध्यानमा राख्नुपर्ला । हासविलासमा रुचि बढ्ला । खर्च बढ्नेछ । अरुको भर पर्नु र लापर्वाही गर्नु उचित हुने छैन । विवाद आदिमा पर्नु र जोखिमपूर्ण काममा पर्नुबाट बच्नुपर्नेछ ।

तुला राशि – रसरागमा रुची बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । दिन लाभदायक र उन्नतिवर्द्धक रहनेछ । धनसम्पत्ति वृद्धि होला । रोकिएको काम बन्नुको साथै उधारो लगाइएको धन उठ्नेछ । आफन्तको सुख मिल्नेछ । इच्छा पूरा होला । यात्रामा सफलता प्राप्त होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । ऐश्वर्य बढ्नुको साथै विजय पनि मिल्नेछ ।

वृश्चिक राशि – रोग र शत्रुसित लड्ने क्षमता बलियो बन्ने छ । कार्यमा सफलता मिल्नेछ । यश बर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । मनोकूलको कार्य बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन मान बढ्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । विजयश्री प्राप्त होला ।

धनु राशि – कला साहित्यिक गीत–संगीत बौद्धिक र रचनात्मकता सित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । शारीरिक र आर्थिक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको लागि अनुकूल रहनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । प्रेमको क्षेत्रमा प्रगति हुनेछ । आमोदप्रमोदमा रमाइने छ ।

मकर राशि – सुख शान्ति बढ्ला । खर्च पनि बढ्नेछ । भागदौड बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । मान सम्मान मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । कार्य क्षेत्रमा सफलता प्राप्त होला । लापर्वाही नगर्नु उचित होला । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

कुम्भ राशि – ऋण रोग र शत्रुसित लडने प्रतिरोधात्मक क्षमता वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । आए वृद्धि होला । रोकिएको धन उठ्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । साथीभाइको सहयोग मिल्नेछ । उत्साह बढ्नेछ ।

मीन राशि – इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्ला । पारिवारिक सुख शन्ति बढ्नेछ । सन्तान सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागमा बढोत्तरी हुनेछ । राजकीय कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ । सुख–सुविधाको बस्तु किन्नमा खर्च हुनेछ । हासविलासमा पनि रुची रहनेछ । खेलकुद भ्रमणमा पनि आकर्षण रहनेछ । लगानी गर्ने बेलामा ध्यान राख्नुपर्ला, अन्यथा उठाउन गाह्रो हुनेछ ।

साताको राशि पनि हेर्नुहोस् –

साताको राशिफल (माघ २६–फाल्गुण ३ सम्म, फरवरी ९–१५ सम्म)
https://ghatanarabichar.com/136993