श्रद्धाञ्जलीका लागि भरतमोहनको पार्थिव शरीर नेकपा कार्यालयमा

श्रद्धाञ्जलीका लागि भरतमोहनको पार्थिव शरीर नेकपा कार्यालयमा


अन्तिम श्रद्धाञ्जलीका लागि नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।

श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । अधिकारी अर्थमन्त्री हुँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो । मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।