फेवातालमा प्याराग्लाइडिङ खस्दा विदेशी पर्यटकको मृत्यु

फेवातालमा प्याराग्लाइडिङ खस्दा विदेशी पर्यटकको मृत्यु


पोखराको फेवातालमा एक प्याराग्लाइडिङ खसेको छ । सराङकोटबाट उडेको केही बेरमै सो प्याराग्लाइडिङ फेवातालमा खसेको हो ।

प्याराग्लाइडिङ दुर्घटनामा परेर घाइते भएका रोमानियाका नागरिक इडिइकेडीको उपचारका क्रममा निधन भएको छ । पोखरास्थित फेवा सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

प्याराग्लाइडिङ फेवातालमा खसेपछि उद्धारका लागि पुगेको प्रहरीले इडिइकेडीको उद्धार गरेर अस्पताल पुऱ्याएको थियो ।