गोदानद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता

गोदानद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता


कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा गोदानका पदाधिकारीबीच शनिबार छलफलसमेत भएको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव डा. रवीन खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समायोजन प्रक्रियामा सरकारी चिकित्सकलाई संघअन्तर्गत नै राख्नुपर्ने, स्थानीय तह र प्रदेश तहमा कार्यरत चिकित्सकको वृत्ति विकास रोकिन नहुनेलगायतका माग उठान गर्दै गोदान आन्दोलनरत रहेको थियो ।