आफैँले बोकेको राइफलको गोलीबाट सिपाहीको मृत्यु

आफैँले बोकेको राइफलको गोलीबाट सिपाहीको मृत्यु


धनकुटामा आफैँले बोकेको राइफलको गोली लागेर एक सिपाहीको मृत्यु भएको छ । शनिबार राति आफैँले बोकेको राइफलको गोली लागेर धनकुटास्थित बरख गणमा कार्यरत सैनिक चेतराज जोशीको मृत्यु भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका जोशीलाई उपचारका लागी अस्पताल लगिए पनि राति नै उनको मृत्यु भएको बताइएको छ ।

गणमा पहरा दिइरहेका जोशीले किन आफैँलाई गोली हाने भन्ने विषयमा छानबिन भइरहेको बताइएको छ ।